पीसीआर ल्याबका लागि एक लाख ३८ हजार प्रदान

0
1710

बिर्तामोड।

एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।

शनिवार बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच दाताहरुबाट एक लाख ३८ हजार तीन सय ३६ रुपैयाँ जुटेको छ ।
कनकाई–३ सुरुङ्गास्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहले ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष ख्यामप्रसाद ओली र सचिव मान्ता खरेलले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । अभियानका संयोजक महेन्द्रकुमार गिरी, सह–संयोजक बिनोद बस्नेतलाई उनीहरुले सो रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै शिवसताक्षी–८स्थित छिमेकी बचत तथा ऋण सहकारी संस्था लि.ले ५१ हजार एक सय ५१ रुपैयाँ प्रदान गरेको छ । संस्थाका अध्यक्ष गणेश प्रधान, सदस्य पर्शुराम ढुंगाना, सल्लाहकार संयोजक दीपक न्यौपाने र प्रबन्धक नवीन ओलीले उक्त रकमको चेक प्रदान गरेका थिए ।

त्यस्तै शिवसताक्षी–७स्थित देउमाई बचत तथा ऋण सहकारी संस्था लि.ले २५ हजार एक सय २५ रुपैयाँ प्रदान गरेको छ । संस्थाका अध्यक्ष मणिप्रसाद खड्काले उक्त रकमको चेक प्रदान गरेका हुन् । त्यसैगरी कनकाई नगरपालिका निवासी हाल काठमाडौंमा रहेर परिसंवाद डटकम अनलाइनका सञ्चालक एवम् प्रधानसम्पादक रघु मैनालीले ११ हजार रुपैयाँ प्रदान गरेका छन् ।

मैनालीको तर्फबाट उक्त रकम रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल) ओलीले प्रदान गरेका थिए । जनस्तरबाट भएको उत्कृष्ट कार्यमा सञ्चार क्षेत्रबाट पनि उत्साह थप्न उक्त रकम प्रदान गरेको परिसंवादका प्रधान सम्पादक मैनालीले बताएका छन् ।

पीसीआर ल्याब स्थापनाका लागि सहयोग जुट्ने क्रम उल्लेख्य रुपमा भइरहेको अभियानका सदस्य एवम् बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । अभियानका संयोजक गिरीका अनुसार ल्याबका लागि हालसम्म ८५ लाखभन्दा बढी रकम जुटिसकेको छ । अब करिब ३५ लाख रुपैयाँ अपुग रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here