एरिना टेलिभिजनले लघु चलचित्र निमार्ण प्रतियोगिता गर्ने

0
649

 

झापा,

एरिना टेलिभिजनले इटहरीमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको लघु चलचित्र निमार्ण प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

छरिएर रहेका प्रतिभालाई उजागर गर्ने उदेश्यले एरिना टेलिभिजनले लघु चलचित्र निर्माण प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यस अघि पनि एरिना टेलिभिजनले विभिन्न समयमा  विभिन्न प्रतियोगिताहरु सञ्चालन गदै आइरहेको छ ।

यसै क्रममा लुकेर रहेका प्रतिभालाई प्रतिस्पर्धात्मक रुपबाट बाहिर ल्याउन लघु चलचित्र निमार्ण प्रतियोगिताको आयोजना गर्न लागिएको एरिना टेलिभिजनका प्रवन्ध निर्देशक समिर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार प्रतिस्पर्धामा सहभागि हुन चाहनेहरुले निर्माण गरी पठाएको १० मिनेटको छोटो चलचित्रलाई प्रतिस्पर्धा गराइ बिजेता घोषणा गरिनेछ ।

यस किसिमको प्रतियोगिताले व्यक्तिमा भएको कलालाई उजागर गर्नुका साथै  मनोबल उच्च पार्ने  विश्वास गरिएको छ । गुणस्तरीय सर्ट फिल्म बनाई सहभागि भई विजेता हुने प्रतिस्पर्धिलाई नगद रु १ लाख पुरस्कार दिइने आयोजकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here