सर्पदंशले बालिकाको मृत्यु

0
648

कञ्चनपुर,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो ।

शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पु¥याइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here