नेता गौतम रोपाइँमा

0
860

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज ललितपुरको भैसेपाटीमा धान रोपाइँमा सहभागी हुनुभएको छ ।

उहाँले सबै नेपालीले भूमिलाई व्यावसायिक उत्पादनमा लगाउनुपर्ने बताउँदै किसानले आफूसँग भएको जमिनमा मेहेनत गरेर धनी हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल किसान महासङ्घका इन्चार्जसमेत रहनुभएका नेता गौतमले अहिले नेपालमा सलह आएको र यसले किसानका अन्नबालीमा ठूला नोक्सान पु¥याउन सक्छ भन्दै सरकारले नोक्सान रोक्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सलहबाट किसानलाई भएको नोक्सानको क्षतिपूर्ति सरकारले दिनुपर्ने समेत बताउनुभयो । नेता गौतमले खासखास ठाउँमा नोक्सान पु¥याउने भए तापनि नेपालमा भौगोलिक अवस्थाका कारण सलहले नेपालमा खासै असर नपु¥याउने दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here