गजल

0
798

 

बिष्णुप्रसाद उप्रेती

चामल सर्किएका बेला, तरकारी र दाल भएर के गर्ने
अहिले दुस्ख छ खान अर्को साल भएर के गर्ने ?

मुलुक हाक्न पठाको अन्धो,बैरो कानै नसुन्ने परेछ
बाहिर सडक आन्दोलन हड्ताल भएर के गर्ने ?

साउको त कुरा परै होस् ब्याजसम्म तिर्न नसक्ने
महिनामा एक दिन आउने घर बहाल भएर के गर्ने ?

भाडामा बस्नेहरु तिर्दिन भनेर उफ्री पाफ्री गर्छ्न्
आ–आफ्नै पीडा छ इनको ननिको चाल भएर के गर्ने ?

मुलुक र जनता प्रति एक रति माया ममता छैन
नामको मात्र मुखिया सहेब बडा खाल भएर के गर्ने ?

आगन मिच्यो,घरमिच्यो अब धुरी चड्दैछ खै प्रतिकर
इतिहासमा मात्र हम्रो मुलुक विशाल नेपाल भएर के गर्ने ?

काभ्रे भुम्लु– ६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here