मोरङ।
मोरङको कानेपोखरी गाउँपालिका–२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
गयराती ८ बजे अचानक घरबाट निस्किएका बृद्ध आज बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।