हराउदै गएको मौलिकता

0
544

udaya

मुठी खाएर मुरी उब्जाउने दिन अर्थात् असार १५ नेपाली कृषकहरुका लागि ज्यादै नै रमाइलो र महत्वपूर्ण दिनहो । कृषिप्रधान देशका हामी नेपाली कृषकहरु धेरै पहिलादेखी असार १५ को प्रतिक्षामा रहेका हुन्छौँ । यस दिनमाखेतमा रमाइलो गरी हिलो खेल्दै धान रोपिने परम्परा रहेकोछ । अझ मानो रोपेर मुरी फलाउने उक्तिसँगै रोपाइँ गीत,बेठीको तालमा हो हो माले हो हो गर्दाको मज्जा नैअलग रहन्छ ।

हुन त असार १५ अघि र पछि पनि धान रोपिन्छ, तरविशेषतः यस दिनमा धान रोप्नुको महत्व नै बेग्लै छ ।असारे गीतको भाकामा स्वदेशी मात्रै होइन विदेशी पर्यटकपनि उत्तिकै आकर्षित हुने गर्दछन् । जनकवि केशरी धर्मराजथापाको हरियो डाँडामाथि हलो जोत्ने साथी भन्ने गीतकोमधुरतासँगै गाउँघर, पाखापखेराका लोपोन्मुख पुरानागीतहरु आमा, दिदी, बहिनी र बुढापाकाले गाउँदा योदिनको रौनकतामा सुनमा सुगन्ध थपेको आभाष हुन्छ ।हाम्रो समाजमा अझै पनि असार १५ दहीचिउरा खानु,साउनको १५ खिर भन्ने उखान नै छ ।असार १५ ले केषकले मात्रै होइन पर्यटन क्षेत्रमालागेकाहरुले पनि महत्वपूर्ण दिनका रुपमा मनाउने गर्दछन् ।कृषकहरुसँगै पर्यटन व्यवसायीहरु र विदेशी पर्यटक पनियो दिनको रमाइलोमा सरिक हुने गरेका छन् । उनीहरुलेहिलो खेतमा विभिन्न प्रतियोगिता र प्रतिस्पर्धा गराएरअसार १५ लाई नयाँ आयाम थपेका छन् । यसले गर्दाशहर बजारका सुकिलामुकिला पनि हिलो खेतमा देखिनथालेका छन् । जसले गर्दा यो दिनको सांस्कृतिक महत्वसँगसँगै आर्थिक महत्व पनि बढ्न पुगेको छ । तर, यसको सांस्कृतिक पक्षमा दिनानुदिन कमी आउँदैगर्दा यो दिन मनाउने तौर तरिकामा पनि व्यापक परिवर्तनआउन थालेको छ ।

हिजो दहीचिउरा खाएर दिनभरि खेतमा काम गर्ने गर्थे भने आजकाल होटलको परिकार पस्कने र दुई÷चार घण्टा रमाइलो गरेर जानेहरुको संख्या बढेको छ । यसले असार १५ को मौलिकता र रौनकतामा विकृति ल्याएको भान पनि नभएको होइन । अझ यस्तो मौलक दिनमा मन्त्रालय र सरकारी कार्यालयमा गमलामा मै धान रोपेर धान दिवस मनाउने गलत अभ्यासले हाम्रो संस्कृति र परम्परा माथि प्रहार गरिएका घटना यत्रतत्र हुन थालेका छन् । जसले गर्दा यसको मौलिकता कतै लोप हुने हो की भन्ने आशंका बढेको छ भने सामाजिक सञ्जालका भित्तामा अल्छीपाराले खाली ह्याप्पी असार १५ लेखेर यो पर्व  मनाउने अवस्था आएको छ । असार १५ वर्ष कै सबैभन्दा लामो दिन मानिने हुँदा आजदेखी दिन छोटा र रात लामो हुँदै जाने गर्दछ । यो दिनमा छुपुछुपुमा हिलोमा धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकआपसमा हिलो छ्यापाछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोप्रति माया र सम्मान देखाउँछन् । यसरी हिलो खेल्दा एकातर्फ मित्रता प्रगाढ  भएर आउँछ र कुण्ठा घटेर जान्छ भने अर्कोतर्फ चर्मरोग निको भएर जाने जनविश्वास रहेको छ ।

देशको परिस्थिति जस्तो भए पनि हाम्रो परम्परा, संस्कृति र नेपालीपन धेरै जसो वैज्ञानिक र स्वास्थ्यका हिसाबले निकै उपयुक्त छन् । यिनै प्राकृतिक गुण, प्राकृतिक खाना र प्रकृतिसँग नजिक हुँदै रम्ने कला हामी नेपालीका पुर्खा र ऋषिमुनी विरासतमा छाडेर गएका हुन् । यसको जगेर्ना र उजागर गर्ने काम हाम्रो पुस्ताले पनि गर्नैपर्छ । त्यसो त रोपाइँ कार्य हाम्रो सामाजिक, सांस्कृतिक,  धार्मिक र आर्थिक पक्षसँग अत्यन्त्यै नजिकबाट जोडिएको विषय हो । रोपाइँको पहिला दिन देवी–  देवतालाई बीऊ चढाई परिपूर्ण र अन्नपूर्णको लागि पूजा  आराधना गरी रोपाइँको श्रीगणेश गर्ने गरिन्छ । आधुनिक कृषि औजारको विकास भए पनि रोपाइँमा धेरै खेतालाहरुको जरुरत पर्ने भएकाले गाउँघरमा पालैपालो अर्मपर्म गरी रोपाइँ गर्ने परम्पराले गर्दा सामाजिक एकता र सद्भाव बढाउन यस दिनले ठूलो टेवा पु¥याएको छ ।

हाम्रो देशमा समुद्री सतहको ७० मिटर उचाईमा रहेको झापाको केचनादेखि दुई हजार सात सात सय ८० मिटर उचाईमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती हुने गर्दछ । विश्वको सबैभन्दा उच्च स्थानमा उब्जने जुम्लाको मार्सी धानको प्रख्यातीका कुरा त सर्वविदितै छ । नेपाली कृषकहरुका लागि उत्सवको रुपमा रहेको असार १५ भएता पनि कतिपय ठाउँमा अझै पनि किसानहरु पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । सहजरुपमा मलखाद उपलब्ध नहुँदा, उन्नत धानको बीऊबिजन नपाउँदा, सिँचाईको सहज वातावरण नहुँदा किसानम नैराश्यता कायम नै छ । तर पनि यो वर्ष सधैँको वर्षभन्दा छिटो मनुसुनी वर्षातले भने केही राहत दिलाएको छ । तथापि केही स्थानहरुमा मनुसुनले अझै किसानलाई ठग्ने गरेको छ । कुनै स्थानमा चाहिनेभन्दा बढी पानी परेको छ भने कहीँ पानीको थोपो नभएर किसान दुःखी छन् । एउटा तथ्यांक अनुसार धान खेती हुने करिब ६० प्रतिशत भूमी अझै पनि आकाशे पानीको भरमा रहेको अवस्था छ । जसले देशको प्रमुख खाद्यबालीको रुपमा रहेको धानको उत्पादन बर्षेनि घट्दो छ । सिँचाई भएका ठाउँमा किसानले सहुलियतमा मल पाउन सकेका छैनन् भने सिँचाई नभएका ठाउँमा ब्याड समेत राख्न सकेका छैनन् । भूमिगत सिँचाईका लागि विद्युतको सहज छैन, डिप बोरिङको चोरी र उपकरणको अभावमा सिँचाईको हालत कमजोर बनेको छ । समग्रमा सुनका बाला फलाउने बेलामा किसानहरु पिडामा छन् । यसतर्फ सम्बद्ध निकायको नजर पर्न अति आवश्यक रहेको छ ।

धान विश्व कै प्रमुख र पुरानो बालीमध्ये एक हो । यसको वैज्ञानिक नाम ओरिजा सेटिभा हो । यसको खेती हजारौँ वर्ष पहिलेदेखि गरिँदै आएको इतिहास पाइन्छ । तर, यसको बीऊ कसरी विकास भएको भन्नेबारे स्पष्ट तथ्य फेला पर्न सकेको भने छैन । संसारक करिब ६० प्रतिशत मानिसको मुख्य खाना चामलजन्य खाद्यान्य नै हो । झन् एसियाली मुलुकको त ९० प्रतिशत जनसंख्या चामलबाट बनेका परिकार खाएर बाँचेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here