२०७७ असार १७ गते बुधबारको राशिफल

१६ असार २०७७, मंगलवार मा प्रकाशित

मेष– भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ ।

वृष– दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् ।

मिथुन– बुधबारदेखि शुक्रवारसम्म परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् ।

कर्कट– जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन ।

सिंह– कृषि–चौपायाबाट हानि पुग्नसक्छ । तर आगामी शनिवारका दिन कुनै विशेष खुशीको समाचार सुन्न पाइएला ।

कन्या– राम्रो कामको लागि काम गर्ने वातावरण अनुकूल बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ ।

तुला– राशिमा रहेको चन्द्रमाका साथमा साताको सुरुवात हुँदैछ, त्यसैले व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।

वृश्चिक– खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ ।

धनु– धार्मिक र सामाजिक काममा मन जान सक्छ । धार्मिक सामाजिक कामको दायित्व थपिन पनि सक्छ ।

मकर– भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।

कुम्भ– बोलीमा पूर्ण प्रभाव रहने छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।

मीन– जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । यो समय विशेष महत्वको समय हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here