गाैरादहका क्वारेन्टिनमा समस्यै समस्या: बस्नेहरु भन्छन , फितलाे ब्याबस्थापनले जाेखिम बढायाे

0
1061

मिलन अधिकारी,

गत शनिवार खाडि देश युएईबाट दाहाल थरका एक युवक पिसिअार परिक्षण गराएकाे रिपाेर्ट सहित अाफ्नाे घर भएकाे ठाउँ गाैरादह फर्किए । युएईबाट फर्किने बेलामा पिसिअार गरेका उनकाे नेगेटिभ रिपाेर्ट देखाएकाे थियाे । जसाे तसाे सास्ति बेहाेर्दै काठमाडाैंबाट अाफ्नाे गाउँ गाैरादह पुगेका उनले “मेराे साथमा पिसिअार गरेकाे रिपाेर्ट छ म हाेम क्वारेन्टिनमा बस्न चाहान्छु भन्ने अाग्रह गर्दा नसुनिकन गाैरादह -९ बैगुन्धुरा स्थित अमर मा.बि.काे क्वारेन्टिन मा लगिएकाे बताए ।

उनी नियम यस्तै हाेला भन्दै क्वारेन्टिनमा गए र अहिले त्यहि बसिरहेका छन । त्यहा हाल उनी जस्तै खाडिबाट अाएका र भारत लगायत बाहिरबाट अाएकाहरु २१ जना बसिरहेका छन ।

बिदेशबाट जसाेतसाे काेराेनाबाट सुरक्षित भएर अाफ्नाे घर फर्केका उनी, क्वारेन्टिनमा बसेदेखि काेराेना लाग्ने हाे कि भन्ने डर लागेकाे बताउँछन । उनी भन्छन “संक्रमण बढि भएकाे देशमा हुदा सुरक्षित बसियाे , अाफ्नै ठाउँमा अाएपछि चै काेराेनाले भेटला जस्ताे छ ।” क्वारेन्टिन स्थलकाे फितलाे बेबस्थापन र सरसफाईमा भएकाे लापर्वाहिका कारण उनलाई यस्ताे लागेकाे हाे ।

उनले हामिसंग भएकाे कुराकानिमा क्वारेटिन ब्याबस्थापनलाई प्रश्न गर्दै भने “क्वारेन्टिनमा संक्रमण नफैलियाेस भनेर राखिन्छ कि स्वास्थ मान्छेलाई संक्रमित गर्न राखिन्छ ?

उनले थपे यहाकाे अबस्था देख्दा त संक्रमण सार्न राखिएकाे जस्ताे छ । परिक्षण गराएका र नगराएका सबैलाई एकै ठाउँमा राखिएकाे छ , एक हप्ता ,दशदिन देखि बसिरहेका मान्छेकाे काेठामा नया मान्छे ल्याएर राखिएकाे छ । मान्छे बारम्बार थपिएकाे छ तर साैचालय लगायतका अन्य अाबस्यक संरचनामा ध्यान दिईदैन , सरसफाईकाे प्रबन्ध छैन । यसले संक्रमण बढने डर बढाएकाे उनकाे भनाई छ ।

यस बिषयमा ब्याबस्थापन पक्ष संग बारम्बार कुरा राख्दा पनि सुधारकाेलागी केही नगरेकाे उनकाे गुनासाे छ । ” हुन्छ हामी गर्दै छाैं भन्नुहुन्छ तर गर्नुहुन्न, उल्टै प्रहरी ल्याएर थर्काउनु हुन्छ ” उनी भन्छन । बरु यहाँ बस्नेहरुलेनै हाम्राेपनि काम छैन , हामिलाई सामान उपलब्ध गराईदिनुस हामी सरसफाई गर्छाै भन्दा समेत नसुनेकाे र झाडि फाँडने सरसफाई गर्ने सामानहरु उपलब्ध नगराएकाे उनले बताए ।

त्यस्तै युएईबाटै फर्किएर हाल गाैरादह १ स्थित जनता मा.बि.काे क्वारेन्टिनमा बसेका मनिस चम्लागाईलाई त्यहाकाे क्वारेन्टिनकाे बेबस्थापन देखेर अचम्म लागेकाे छ । उनी भन्छन ” बसेकाे १०दिन भयाे हामिलाई क्वारेन्टिनमा राखेकाे छ तर यहाँ हामिलाई साेध्न ,खाेज्न काेहि अाउँदैन , डक्टर काे हाे त्याे पनि थाहा छैन । अन्य स्थानमा त बेलाबेला ज्वराे जाच्नेदेखि मानसिक स्वास्थ्यलाई समेत ध्यान दिएर क्वारेन्टिनमा बस्नेलाई सान्त्वना दिने , याेगा गराउने , संगित बजाउने कार्यक्रमहरु गरेकाे देखिन्छ यहाँ त कसैलाई वास्तै छैन ।ज.मा.बिकाे क्वारेन्टिनमा त्याे भन्दापनि बढि समस्या त साैचालयकाे भएकाे उनले बताए । ” बर्खाकाे समय छ पानी परिरहन्छ साैचालय बाहिर तिर टाढा बनाईएकाे छ , जान सकिँदैन ।

फेरि पुगिहालेपनि छानाे बिनाकाे साैचालयमा बस्न सकिँदैन” चम्लागाई भन्छन । वाटाेमा पानी पानी छ , ईटा झारिदिनु हामीनै साैचालय सम्म पुग्ने बाटाे बनाउँछाै भनेकाे त्याे पनि नगरेकाे उनले बताए । यहा खानमा बेलाबेला समस्या अाउँछ , भुईमा अाेच्छ्यान लगाएर सुत्नुपर्ने भएकाेले सर्पकाे डर छ तर त्याे भन्दा ठुलाे समस्या साैचालयकै भएकाे उनकाे भनाई छ । हाल साे क्वारेन्टिनमा युएई , माल्दिप्स र भारतबाट फर्किएका गरेर १६ जना बसिरहेका छन ।

गौरादहमा यी बाहेक जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइन, गौरादह-१ कृषि क्याम्पसमा रहेको क्वारेन्टिन र गौरादह-८ प्रगति मा.वि मा रहेको क्वारेन्टिन रहेका छन । उल्लेखित क्वारेन्टिनमा बसेकाहरु मध्ये हिजाे मात्रै एकैपटक ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

गाैरादहमा हाल सम्म समुदायमा काेराेना नफैलिएकाे बताईएपनि बाहिरबाट अाउनेहरु बढेसंगै संक्रमण समुदाय सम्म फैलिने सम्भाबना उच्च हुँदै गएकाे छ । क्वारेन्टिनमा संक्रमितहरु बढदै जाने र क्वारेन्टिनकाे ब्याबस्थापनमा पनि हुने लापर्बाहिले थप समस्या बढाउदैछ । बाहिरबाट अाउनेलाई समुदायमा घुलमिल हुनु अघि राखिने क्वारेन्टिनमा निर्धारित समयसम्म बस्न सक्ने अबस्था भएनभने त्यसले समुदायमा राेग छिर्ने निश्चित छ । यसलाई राेक्नकाेलागीपनि सम्बन्धित पक्षले क्वारेन्टिन ब्याबस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here