झुठो विवरण पेश गरी नागरिकता बनाउने प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ

0
1068

बिर्तामोड ।

झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जनाएको छ ।

झुठ्ठा बिवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाई दिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले ०७२ मंसिर १० गते वारेन्ट जारी गरेको थियो ।

आचार्यलाई महानगरिय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक साकारराज पन्तले शनिवार पक्राउ गरेका हुन् । आवश्यक कारबाहीको लागि प्रहरीले आचार्यलाई आज जिल्ला अदालत झापामा बुझाएको प्रवक्ता थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here