फाकफोकथुममा व्यावसायिक सम्मान,पत्रकार बोहोरा सहित बाह्र जना सम्मानित

0
1482

इलाम।

स्थानीय पत्रकार युद्धबहादुर बोहोरा सहित वडामा कृषि,शिक्षा,स्वास्थ्य,समाज सेवा,महिला तथा समाज कल्याण क्षेत्रमा उत्कृष्ट काम गर्ने १२ जनालाई फाकफोकथुम –१ ले वडाको एक कार्यक्रम बीच सम्मान गरेको छ ।

पूर्वाञ्चल दैनिक साथै नयाँबुलन्द अनलाइन लगायत विभिन्न सञ्चार संस्थामा आवद्ध भइ कोरोना कहर बाबजुदन अग्रपंक्तिमा रहेर यस क्षेत्रका हरेक गतिविधिलाई नियाल्दै,सत्यतथ्य समाचार सप्रेषण गरि निरन्तर पत्रकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको वडा सचिव तिलरुपा राई सम्वाहाम्फेले जानकारी दिइन् ।

वडाको चालु आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक कार्यक्रम अन्तर्गत यस वडालाई समृद्ध निर्माण गर्न विभिन्न क्षेत्रबाट योगदान पु¥याउनुहुने महानुभावलाई समितिले छनौट गरेको आधारमा व्यावसायिक तथा पेशागत सम्मानको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा जनप्रतिनिधि बालकृण भट्टराईले बताए ।

अन्य सम्मानित हुनेहरुमा यस वडाको सरकारी विधालयको शैक्षिक सुधारोन्मुख गर्न पहल गर्ने प्रधानध्यापक रघुविर खड्का,वडामा टोल संयोजकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने गोमा देवी भट्टराई,युवा समाजसेवामा उत्कृष्ट सहभागि जनाउने हाङसुरुम्बा थेगिम,कोरोना महामारीमा पिडित परिवारलाई राहत वितरणमा सकृय स्थानीय रेडक्रस सोसाइटी सदस्य तेज प्रकाश सुवेदी रहेका छन् ।

त्यस्तै, महिला जागरण तथा अधिकार सम्बन्धमा अगुवाईमा रहेकी सरस्वती खड्का,बाँझो जमिनको उपयोग गरि अलैंची खेती गर्ने उद्यमी महिला कमला निरौला,स्वास्थ्य शिक्षालाई टोलमा प्रचारप्रसारमा सहभागि स्वयं सेविका सरिता ढुंगाना,किवी खेती प्रर्वद्धन गर्दै स्वरोजगार बनेका जेष्ठ नागरिक गणेश बोहोरालाई कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष टेकवीर नेम्वाङले दोसल्ला र सामानपत्र सहित सम्मान गरेका थिए ।

वडाको उत्कृष्ट सहकारी व्यावस्थापन तर्फ पोषण कट्टेल,पशुपालन क्षेत्रमा व्यावसायिक बाख्रापालन गर्दै आएका दिपेन्द्र थेगिम र तरकारी खेती तथा संस्थागत नेतृत्व (अपाङ एकता संस्था) तर्फ खम्बसिं पाण्डे सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा बोल्दै,प्रमुख अतिथि नेम्वाङले सकारात्मा तथा समाज रुपान्तरण र स्थानीयको जीवनस्तर उकास्न प्रेरणा मिल्ने कार्य प्रति विशेष भूमिका निर्वाह गर्ने महानुभावलाई वर्षेनी पुरस्कृत गरिने बताए । यस वडामा पशुपालन, किवी, अलैची,चिया,अदुवा खेती लगायत कृषि उपजको संभावित क्षेत्र रहेकोले त्यस तर्फ अग्रसर भए आर्थिक उन्नती छिटो हुने बताउँदै उनले भने, “आँफुलाई जानकार भएको र फाइदा हुने व्यावसायलाई दर्ता गरेर व्यावसायिक तरीकाले लाग्नु होस्,सरकारी अनुदानको लागि वडाले मद्दत गर्छ ।”

कतिपय स्थानीयले अनुदान नपाएको गुनासो गरेता पनि उनीहरुले आफ्नो माग्ने भाँडो तयार नगर्दा अनुदान सहयोय उपलब्ध गराउन असम्भव भएको भन्दै सबैले प्रकृयागत ढंगले अघि बढ्दै आधुनिक प्रविधि तर्फ लाग्न आग्रह गर्दै हालको कोरोना महामारीबाट आम नागरिक सुरक्षित र सचेत बन्न अनुरोध गरेका थिए ।

विभिन्न पार्टीका प्रतिनिधिहरु मध्येबाट जनता समाजवादी पार्टीका टीका सम्वाहाम्फे,नेपाल कम्युष्टि पार्टी (नेकपा) बाट भोजबहादुर बोहोरा,नेपाली काँग्रसको तर्फबाट गोमा भट्टराई,संस्थाका तर्फबाट रुपनारायण अधिकारी,सम्मानित सहभागि मध्येबाट संचारकर्मी युद्धबहादुर बोहोरा लगायतले सम्मानित सबैलाई बधाई तथा शुभकामना सहित पेशामा सकृय रहने व्यावसायिलाई हौसला स्वरुप विभेद रहित ढंगले छनौट गरि सम्मान गरमा वडा समितिलाई धन्यवाद दिएका थिए ।

महिला जनप्रतिनिधि लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव राईले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा सदस्य बालकृष्ण भट्टराईले कार्यक्रमको संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here