घिमिरे परिवारद्धारा बुधबारे जेसीजलाई १० धुर जग्गा निशुल्क प्रदान

0
655
बुधबारे ।
बुधबारे जेसीजलाई जग्गा प्राप्त भएको छ । बुद्धशान्ति-१ का ज्ञानेन्द्रप्रसाद घिमिरेको परिवारले प्रस्तावित मदन भण्डारी लोक मार्गले छोएकाे १० लाख मुल्य बराबरको १० धुर जग्गा बुधबारे जेसीजलाई उपलब्ध गराउनु भएको हो ।
आज घिमिरे परिवारले बुधबारे जेसीजलाई सो सम्बन्धि सम्झौता कागज गरेर जग्गा हस्तान्तरण गरेको हो । बुधबारे जेसीजका बिजनेस काेअडिनेटर समेत रहेका जग्गा दाता जेसि अनिल घिमिरेले जग्गा चाँडै बुधबारे जेसीजकाे नाममा पास गरिदिने बताउनु भएकाे छ ।
घिमिरे परिवारले आफ्नो आमा तथा हजुरआमा स्वर्गीय छलिमाया घिमिरेकाे स्मृतिमा सो जग्गा प्रदान गर्नु भएको हो । बुद्धशान्ति १ का ज्ञानेन्द्रप्रसाद घिमिरे, उहाँकी धर्मपत्नी टिकादेवि घिमिरे, उहाँका छोराबुहारीहरु अनिल घिमिरे /मिना रिमाल घिमिरे, अर्जुन घिमिरे/आर्जु उप्रेती घिमिरेको परिवारले जग्गा दिनुभएको हो ।
जग्गादाता ज्ञानेन्द्रप्रसाद घिमिरे नमूना आधारभूत बिद्यालय बुद्धशान्ति १ का प्रधानअध्यापक हुनुहुन्छ । जग्गादाता अनिल घिमिरे बुधबारे जेसीजका विजनेस काेअडिनेटर तथा एभरेष्ट साबुन उधोगका संचालक हुनुहुन्छ भने जग्गादाता अर्जुन घिमिरे इन्जिनियर हुनुहुन्छ ।
उहाँहरुले आज बुधबारे जेसीजका अध्यक्ष जेसि नन्दकुमार याफु राई, पूर्व अध्यक्ष जेसि रमेश बराल, निवर्तमान अध्यक्ष जेसि हेमन्त बराल, सचीव अनिल वाग्लेलाई जग्गा हस्तान्तरण गरेको सम्झौता पत्र प्रदान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here