नेपालमा कम गुणस्तरका दुई औषधि बेच्‍न रोक

0
605

काठमाडौं,

न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ।

औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो। मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए।

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई बुधबार निर्देशन दिइएको बताइएको छ।

विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here