आगलागीमा दुई घर जलेर नष्ट,२२ लाख भन्दा बढीको क्षति

0
636

सुनसरी ।

सुनसरीको धरान उप–महानगरपालिका–१४ बिजयपुरमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा उनको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट हुँदा करिब २२ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगायत सम्पूर्ण समान जलेर नष्ट भएको छ । आगलागी धरान उप–महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here