कमल ।
लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बरबहादुर निरौला निर्वाचित भएका छन् । प्राप्त मत परिणाम अनुसार निरौलाले (९१७) मत प्राप्त गरी विजयी भएकाहुन् । उनका प्रतिस्पर्धी उषा भण्डारीले (७४१) मत प्राप्त गरेकी थिईन् ।
त्यसैगरी समितिको उपाध्यक्षमा गंगा प्रसाद पाण्डे (९२२) मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी प्रमोद कुमार दाहालले (६३६) मत प्राप्त गरेका छन् । त्यस्तै सचिव पदमा भएको निर्वाचनमा हरी प्रसाद घिमिरे (९५२) मत प्राप्त गरी विजयी भएका छन् भने वहँका प्रतिस्पर्धी याम प्रकाश सुब्बा सम्बाहाम्फे (७४६) मत प्राप्त गरी उपविजेता बनेका छन् ।
त्यस्तै सह सचिव पदमा भएको निर्वाचनमा धन कुमारी राई (१३९६) मत प्राप्त गरी विजयी भएकी छन् । भने उनका प्रतिस्पर्धी विमला देबी भट्टराईले (५४४) मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
त्यस्तै समितिको सदस्यहरुमा क्षेत्र नम्बर १ बाट हेमराज कार्की (भिम) (२१७) र कमला राई गुरुङ (६२८) क्षेत्र नम्बर २ बाट ईश्वर बुढाथोकी (६३१)र लोविता राई(६३१) क्षेत्र नम्बर ३ बाट निर बहादुर श्रेष्ठ(९६) क्षे नम्वर ४ बाट दुर्गा प्रसाद पराजुली (३०९) र सावित्रा दाहाल उप्रेती (६७९)र क्षेत्र नम्वर ५ बाट टंक प्रसाद चम्लागाई (५०३) र रामकुमारी कुरुम्वाङ (५३८) मत प्राप्त गरि विजयी हुनु भएकोे निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले जानकारी दिए ।
त्यस्तै लेखा समितिको संयोजकमा पशुपति कुमार धिताल ९४५ मत प्राप्त गरी विजय हुनुभएको । भने उहाँका प्रतिस्पर्धी धर्मानन्द भट्टराई ले (८०९) मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले बताउनुभयो । त्यस्तै लेखा समिति सदस्यमा देउ प्रकास राई (९७५) र मनिका राई (८७५) मत प्राप्त गरि विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
३ हजार ६ सय ११ मतदाता रहेको खानेपानी संस्थामा संस्थामा २ हजार ८ सय ९८ मत खसेको थियो ।