झापा । आर्थिक कठिनाइका कारण बिल नतिरेको आरोपमा बन्धक बनाइएको भनिएका इलामका ४ वर्षीय समीक्षा भट्टराईलाई अस्पतालले डिस्चार्ज गरेको छ । उपचारमा लागेको रकम चिल्ड्रेन अस्पतालले छुट गरेसंगै बालकको डिस्चार्ज गरिएको हो । बिल नतिरेक कारण चिल्ड्रेन अस्पतालले बच्चालाई डिस्चार्ज नगरेको दाबी गर्दै आएको थियो। अस्पतालले परिवारसँग तिर्न नसकेको रकम छुट गरेर सहमति गर्दै सोही आधारमा बच्चालाई डिस्चार्ज गरेको हो।