झापामा बाढी : कनकाइको तटीय क्षेत्रका मानवबस्ती हटाइयो

0
688

माईधार,

कनकाई नदिमा आएको बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावनापछि झापाको शिवसताक्षी नगरमा ४ वटा घर भत्काइएको छ ।

स्थानीय वडा नम्बर १० का ४ वटा घर सशस्त्र प्रहरीको टोलीले भत्काएर सुरक्षित गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए । कनकाई पुल उत्तर तर्फको मानव बस्तीमा कनकाईले वितण्डा गरेपछि घर भत्काएर त्यहाँका मानिसलाई सुरक्षित गरिएको हो ।

पाडाजुँगीबाट आएको सशस्त्र प्रहरीको ११ जनाको टोलीले प्रेम उप्रेती, श्याम ऋषीदेव, तारा लिम्वु लगायत ४ जनाको घर भत्काएर घरका मानिसलाई सुरक्षीत गरेकोे हो । कनकाई नदिको पानिको वहाव उच्च हुदै धार पश्चिम धकेलिएपछि मानव बस्तीमा कटान सुरु भएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष थापाका अनुसार बाढीले कटान गरेर विस्थापीत भएका परिवारलाई स्थानीय सिसौ घारीमा राखिएको छ । निरन्तर वर्षा भइरहेकोले अन्यत्र लैजान नसकिएको उनले बताए । नेपाल रेडक्रस संग समन्वय गरेर तत्काल राहतका लागि पहल हुने वडा अध्यक्ष थापाले बताएका छन् ।

यस अघि पनि सोहि ठाँउमा कनकाई नदिले ३ परिवारको उठिबास गरेको थियो । ति विस्थापितलाई पनि सिसौ घारीमै त्रिपालको पाल दिएर राखिएको छ ।

शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण कनकाई नदिमा आएको बाढीले नगरको वडा नम्बर १०, ७, ६, ५ र गौरिगञ्ज गाउपालिकाको केहि भुभाग कटान सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाले बाढीको क्षतीका विषयमा तथ्याङ्क संकलन भइरहेको बताएको छ ।

निरन्तर वर्षा भएपछि झापामा कनकाई, विरिङ, मावा, रतुवा, मेची, टाङटीङ लगायतका ठुला नदी सहित साना खोला नालामा पनि बाढी आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here