विपद् : झापामा पूर्व तयारी

0
1195

बिर्तामोड।

जिल्लाकै सबैभन्दा बढी जोखिम क्षेत्रका रुपमा रहेको झापा गाउँपालिकाले विपद् व्यवस्थापनको तयारी थालेको छ ।
पूर्वमा विरीङ पश्चिममा सानो माई र ठूलो माई खोलाका कारण झापा गाउँपालिका सँधै बाढीको उच्च जोखिममा पर्ने गरेको छ ।

यो वर्ष पनि पानीको सतह बढेर बस्ती पस्न लागेसंगै झापा गाउँपालिकाले विपद् व्यवस्थापनको तयारी थालेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । उनले भने– झापा गाउँपालिका सँधै विपद्को उच्च जोखिममा हुन्छ यो वर्ष पनि कनकाई नदीले कटान शुरु गरेको छ । समयमै विपद्को पूर्व तयारी गरिएन भने समस्या हुन्छ अध्यक्ष साहले भने ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आफैंमा जोखिम मोलिरहेको झापा गाउँपालिकाले नदी कटान डुवानको चपेटाको पनि सामना गर्नुपर्ने भन्दै तयारी थालिएको र वडागत रुपमा विभिन्न विपद्मा परेकाहरुलाई राख्ने तयारी भएको गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी वुढाथोकीले बताइन् । उनले झापाको सरस्वती प्रावि, सालमारा प्रावि, सितुमारी, कुवाडी मावि, सीएनजीडीवी, त्रिभुवन प्रावि, नमूना प्रावि, जगदम्वा डूलो मदरसा, भृकुटी निमावि, रामजानकी प्रावि, महेन्द्र मावि, चप्रामारी आदर्श प्रावि, जनता मावि सहितका ठाउँमा विपद्मा परेकाहरुलाई राख्ने तयारी भइरहेको बताइन् ।

यसअघि कनकाई माइमा आएको बाढीले वडा नम्वर–७स्थित टप्पुमा बाँध कटान गरेको थियो । अहिले सोस्थानमा बाँध निर्माणको काम भइरहेको छ । झापा गाउँपालिका–१का वडाध्यक्ष राजकुमार यादवले कनकाई वाढी नियन्त्रणका लागि आफूहरुको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै संघीय सरकारले समेत सहयोग पु¥याउनुपर्ने बताएका छन् । २०७४ सालमा आएको वाढीका कारण झापा गाउँपालिकामा ११ जनाले ज्यान गुमाएका थिए ।

झापाका १५ स्थानीय तहमध्ये १४ वटा पालिका जिल्लाका मुख्य नदी नालामा पानीको बहाव बढेसँगै प्रभावित हुने गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झापाले समेत झापा भएर बग्ने साना ठूला २८ नदीनाला मध्ये मुख्य ९ वटा नदी नालाले दमक नगरपालिका बाहेकका पालिकामा प्रभावित पार्ने गरेको जनाएको छ । बिशेष गरी दक्षिणी क्षेत्रका चारवटा पालिका बाढीबाट वढी प्रभावित हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए हरेक वर्ष बाढीबाट प्रभावितहरुलाई विभिन्न क्षेत्रका विद्यालय सामुदायिक भवन, रेडक्रस, मन्दिरलगायतका भवनमा राख्ने गरिन्छ ।

जनताको तटबन्धनले माईका विभिन्न ठाउँमा तटबन्ध गरे पनि सबैतिर तटबन्ध गर्न नसक्दा झापा गाउँपालिका बाढीको उच्च जोखिममा छ । माई खोलाले धार नै परिवर्तन गर्दै टप्पुमा बाँधेको बाँध भत्काउन थालेपछि अहिले टप्पुवासीले मात्र होइन झापाका तीन हजार आठ सय परिवार बाढीको उच्च जोखिममा रहेको ढकालको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here