गौरादहमा वडा कार्यलयको भवन उद्घाटन

0
1402

मिलन अधिकारी/ झापा । 

जिल्लाको गौरादह नगरपालिकामा नवनिर्मित वडा कार्यलय भवनको उद्घाटन गरिएको छ । नगरको वडामा निर्माणाधिन ५ भवन मध्ये वडा नम्बर ३ को वडा कार्यलय भवन आज उद्घाटन गरिएको हो ।

गौरादहकै स्थानिय समेत रहेका सांसद दिपक कार्की र मेयर रोहित शाहले कार्यक्रममा भवनको उद्घाटन संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद कार्कीले गौरादहको ३ नम्बर वडाले प्रतिकूल परिस्थितिका बावजुत समयमा भवन सम्पन्न गरेकोमा धन्यवाद दिए । त्यस्तै मेयर शाहले गौरादहमा निर्माणाधिन वडा न २ , ४,८ ,र ९ वडा कार्यालयहरु पनि छिट्टै निर्माण सम्पन्न हुने क्रमामा रहेको बताएका थिए ।

गौरादह वडा नम्बर ३ को धोबनिया चोक नजिकै स्थानियले उपलब्ध गराएको ६.५ कठ्ठा जग्गामा निर्माण गरिएको सो कार्यालय भवन ७ कोठाको सुबिधा सम्पन्न रहेको बताईएको छ । सो भवन नगरपालिकाले बिनियोजन गरेको ८६ लाख ३० हजार र प्रदेश सरकारले उपलब्ध गराएको २५ लाख आर्थिक सहयोग गरि जम्मा १ करोड ११ लाख ३० हजार निर्माण लागतमा सम्पन्न भएको वडा नम्बर ३का वडा अध्यक्ष गजेन्द्र घिमिरेले बताए ।

उद्घाटन संगै वडाका सम्पूर्ण सेवाहरु सोहि कार्यालयबाट सूचारु गरिएको वडा अध्यक्ष घिमिरेले जानकारी दिए । कार्यक्रममा वडा कार्यालय भवन निर्माणार्थ जग्गा प्रदान गर्नुहुने स्व. उमानाथ सिक्देल , बिष्णु राई ,पुन्य सिक्देल ,मयानाथ सिक्देल ,लिला बहादुर कार्की र लक्ष्मी सिक्देललाई सम्मान गरिएको थियो ।

नगरपालिकाका प्रसाशकिय अधिकृत खेमराज ओझाले सन्चालन गरेको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख गिता भेटवाल ,वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारी सहित विभिन्न वडाका वडा अध्यक्षहरु दलगत प्रतिनिधि , सामाजिक ब्यक्तित्व , सम्बन्धित वडाका वडा सदस्य , कर्मचारी , महिला सन्जाल , टोल बिकास समिती सदस्यहरु लगायत वडाबासीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here