बाह्रदशी गाउँपालिकाको प्रेस विज्ञप्ति

0
1604

 

प्रेस विज्ञप्ति

बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनियमितता गरेको आरोपमा निलम्वित भनी प्रकाशन भएका विभिन्न सञ्चार माध्यमका समाचारहरु, सामाजिक संञ्जालमा सार्वजनिक भएका भनाईहरु प्रति यस गाउँपालिकाको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । उक्त कार्य यस बाह्रदशी गाउँपालिका अन्तर्गतका कार्यक्रमहरुसंग सम्बन्धित नभएको र सो सम्बन्धमा विषय बस्तु प्रष्ट हुने गरी श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७७।०३।३० मा जारी भएको प्रेस विज्ञप्तिमा उल्लेख भएकोले उक्त विज्ञप्ति अध्ययन गर्न सम्बन्धित सबैमा हार्दिकतापुर्वक अनुरोध छ । साथै बाह्रदशी गाउँपालिकाको नाम राखेर विभिन्न नाममा संचालन भै रहेका सामाजिक संजालहरु बन्द गरी संजाल संचालन गर्ने व्यक्तिको स्पष्ट परिचय खुल्ने गरि संचालन गर्नु हुन अनुरोध छ । अन्यथा प्रचलित कानुन भै जाने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

शम्भु सिंह राजवंशी
प्रवक्ता

प्रेस विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here