बुधबारे जेसीजद्वारा नयाँ सदस्यहरुलाई तालिम

0
943

साउन ।

बुधबारे जेसीजले नयाँ सदस्यहरुलाई तालिम दिएको छ । सोमबार एक दिने तालिमको आयोजना गरेर जेसीजका नयाँ सदस्यहरुलाई जेसीजबारे बुझाइएकाे हाे ।

झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिको सभाहलमा भएको कार्यक्रममा बिर्ता जेसीज बर्ष २००३ का अध्यक्ष तथा नेपाल जेसीज बर्ष २००४ का राष्ट्रिय उपाध्यक्ष शिवकुमार अग्रवालले जेसीजबारे नयाँ सदस्यहरुलाई प्रशिक्षण दिनुभएकाे थियाे ।

अग्रवालकाे प्रशिक्षणमा पछिल्लो समय बुधबारे जेसीजको नयाँ सदस्यका रुपमा आएका जेसीहरुलाई जेसीजका बारेमा बुझ्न सहज होस् भनी तालिम संचालन गरिएकाे बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राईले जानकारी दिनुभयो । जेसीज के हो ? जेसीज ले के के गर्छ ? जस्ता विषयहरुमा संचालन भएको सो तालिमबाट जेसीजको बारेमा धेरै ज्ञान मिलेको नयाँ सदस्यहरुले बताएका छन् ।

बुधबारे जेसीजका सचीव जेसी अनिल वाग्लेको संयोजकत्वमा भएको कार्यक्रम महासचिव जेसी दिपेन सिटौलाले संचालन गर्नुभएको थियो ।

बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोखरेल, रमेश बराल, प्रकाश भण्डारी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राईले जेसीज सिक्ने ठाउँ भएको बताउँदै आफू जेसीज लगायत अन्य विभिन्न संघ संस्थामा प्रतिनिधीका रुपमा कार्य गर्ने अवसर जेसीजबाट प्राप्त भएको बताउनु भयाे ।

शुभकामना मन्तव्य पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलले राख्नु भएको कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने सेम्पल टेक्निकल इस्टिच्युट बुधबारेको प्राविधिक सहयोगमा तालिम संचालन भएको थियो । कार्यक्रममा जेसीज आस्था बाचन बुधबारे जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी गाेकुल पाैडेलले गर्नुभएको थियो । बुधबारे जेसीजले लक डाउनका समयमा डेढ दर्जन बढी परोपकारी काम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here