सहाराको शेयर सदस्यका आफन्तको मृत्यु हुँदा पाँच लाख कर्जा मिनाह

0
682

बिर्तामोड,
सहारा नेपाल सहकारी संस्थाको राजगढ सेवा केन्द्रले आफ्ना शेयर सदस्यका परिवारको मृत्यु भएपछि पाँच लाख रुपैयाँ कर्जा मिनाह गरेको छ ।
वाह्रदशी गाउँपालिका – ५ स्थित नरमाया सत्यालका श्रीमान विजयानाथ गौतमको मृत्युपछि सहकारीले पाँचलाख रुपैयाँ कर्जा मिनाह गरेको हो ।


वाह्रदशी गाउँपालिका – ५ का वडा अध्यक्ष भूपेन्द्र कटुवालको प्रमुख आतिथ्य र सेवा केन्द्र सञ्चालन उप समितिका संयोजक मोहन विक्रम ओलीको अध्यक्षतामा भएको कार्यक्रमकाबीच सहकारीका शेयर सदस्यको कर्जा मिनाह गरेको हो ।
कार्यक्रममा वडा नम्वर ५ का वडा सदस्य जीवन खरेल, समाजसेवी रवीन कार्की, हेमलाल पोखरेल, लगायतको आतिथ्य रहेको थियो ।
सोही कार्यक्रमकाबीच अर्का सदस्य दुर्गादेवी ओस्तीका श्रीमान इन्द्रप्रसाद ओस्तीको निधन भएपछि विमा वापतको रकम आठ हजार सात सय रुपैयाँ प्रदान गरिएको सहकारीका राजगढ सेवा केन्द्र प्रमुख एकदेव कट्टेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन सहकारीका शेयर सदस्य शिव पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here