कोरोना : पीसीआर परीक्षणका लागि झापामा दुई वटा ल्याव तयार

0
461

 

सुरेन्द्र भण्डारी

झापा,

कोरोना भाइरस (कोभिड १९) को पीसीआर परीक्षणका लागि झापामा दुई वटा ल्याव तयार गरिएको छ ।

सरकारी तबरबाट मेची अस्पतालमा एउटा ल्याव तयार भएको छ भने अर्काे जनस्तरबाट कनकाई नगरपालिका ४ स्थित कोटिहोममा पीसीआर परीक्षणका लागि ल्याव तयार गरिएको हो ।

प्रदेश १ सरकारको समन्वयमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा तयार भएको ल्यावमा दुई दिनसम्म नमूना परीक्षण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्वर ठाकुरले जानकारी दिनुभयो ।

तालिम प्राप्त ल्याब टेक्निसियनले गरेको नमूना परीक्षण सफल भएको र ल्याबलाई चाहिने किट आउन बाँकी रहेकोले सेवा सुचारु गर्न केही ढिलाई हुन गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरको भनाई छ ।

ल्याबलाई चाहिँने आरएनए एक्स्ट्र्याक्सन किट र पीसीआर किट स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको र अस्पतालमा किट उपलब्ध भएसंगै कोरोना भाइसर कोभिड १९को परीक्षण शुरु गरिने डा ठाकुरले बताउनुभयो ।

स्वीस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन एक नम्बर प्रदेश सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेपछि पिसीआर ल्याव तयार गरिएको हो । यो संगै मेची अस्पतालमा २५ शैय्याको आइसोलेशन निर्माण गरिएको छ । संक्रमितको उपचारका लागि प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई दुई वटा भेन्टिलेटर समेत उपलब्ध गराएको छ ।

झापासहित पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङले अहिले स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउँदै आएका छन ।

अब मेची अस्पतालमै पिसीआर परीक्षण हुन लागेपछि चार जिल्लावासीलाई सहज हुने भएको छ । मेचीमा जडान गरिएको पीसीआर मेसिन अत्याधुनिक भएकाले यसले एक पटकमा ९० वटा स्वाबको परीक्षण गर्न सकिने बताइएको छ । यसका लागि तालिम प्राप्त तीन जना ल्याब टेक्निसियन खटाइनेछ डा ठाकुरले भन्नुभयो ।

एक नम्बर प्रदेशको सबै भन्दा बढी कोरोना संक्रमित झापा जिल्ला भेटिएका छन् । जिल्लामा अहिलेसम्म ३७५ जना कोरोना संक्रमित भेटिएका हुन् ।
संक्रमित हुनेमा तीन जना स्थानीय, एक जना जनपद प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा अन्य भारत र तेस्रो मुलुकबाट फर्किएका नागरिक छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या उच्च हुँदै गएपछि झापामा जनस्तरबाट समेत पीसीआर ल्याव तयार गरिएको छ । १ नम्वर प्रदेश सरकारसंग समन्वय गर्दै ‘एकका लागि एक’ अभियानले कोटिहोममा ल्याव तयार गरेको हो ।

झण्डै एक करोड रुपैयाँ खर्च गर्दै तयार गरिएको ल्यावले तत्कालका लागि दिनमा तीन सय वटा नमूना परीक्षण गर्ने र आवश्यकता अनुसार वायो सेफ्टी क्याविनेट थप गर्दा दिनमा एक हजारसम्म नमूना परीक्षण गर्न सकिने अभियानका सह संयोजक विनोद वस्नेतले जानकारी दिनुभयो ।

जनस्तरबाट तयार गरिएको ल्याव प्रदेश सरकारलाई हस्तान्तरणको तयारी समेत भइरहेको र मेची अस्पतालकै समन्वयमा सञ्चालन गर्न सकिने वस्नेतको भनाई छ ।
ल्याव स्थापनाका लागि बिर्तामोड २ चारपाने निवासी महेन्द्रकुमार गिरीको अगुवाइमा झापामा एकका लागि एक अभियान सञ्चालन गरिएको थियो । सोही अभियानले जुटाएको रकमले ल्याव स्थापना भएको हो ।

जनस्तरबाट स्थापना गरिएको ल्याब सञ्चालनका लागि किन कठिनाई भयो ? जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल – 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here