कोरियामा कार्यरत फाकफोकथुमका युवाद्धारा मन्दिर निर्माणमा सहयोग

0
961

युद्धबहादुर बोहोरा / इलाम।

फाकफोकथुम १ खाम्बाङमा निर्माणधिन नागेश्वर शिवालय मन्दिर निर्माणको लागि दक्षिण कोरियामा कार्यरत युवाहरुले एक लाख १३ हजार रुपैंया आर्थिक सहयोग गरेका छन् ।

विगत चार वर्ष अघि देखि निर्माण कार्य थालनि गरिएको मन्दिर बजेट अभावका कारण काम रोकिएर अलपत्र भएको छ । उक्त मन्दिरको आर्थिक अभाव र समस्या सहितको यर्थात समाचार २०७६ पौष १२ गतेको पूर्वाञ्चल दैनिक र नयाँ बुलन्द अनलाइन र अन्य सञ्चार माध्यममा प्रकाशित भएको थियो ।

खबर थाहा पाएपछि फाकफोकथुम १ घर भइ हाल रोजगारीको लागि कोरियामा पुगेका स्थानीय युवा तिलविक्रम बोहोराको अगुवाइमा रकम संकलन गरि मंगलबार उनका दाजु थिरबहादुर बोहोरा मार्फत समितिलाई रकम हस्तान्तरण गरिएको निर्माण समिति कोषध्यक्ष नारायण बोहोराले बताए ।

विश्वमा फैलिएको कोरोना महामारीका बावजुद वैदेशिक रोजगारीमा रहेर पनि आफ्नो ठाँउमा निर्माण भइरहेको मन्दिर अलपत्र देखेर आर्थिक सहयोग गर्ने व्यक्तिहरु यसै वडाका सुजिल तामाङले १० हजार तीन सय सहयोग गरेका छन् भने तिलविक्रम बोहोरा,प्रतिक बोहोरा,दावा फिन्गो तामाङ,सुमन बोहोरा र दिनेश बोहोराले प्रति व्याक्ति १० हजारका दरले रकम प्रदान गरेका छन् ।

त्यस्तै,सन्त तामाङ र बसन्त तामाङले १५ हजार एक सय उपलब्ध गराएका छन् । प्रेम तामाङ,सूर्य बोहोरा,कमल तामाङ,किशोर राई,खगेन्द्र तामाङ,सन्तोष बोहोरा,आशिष तामाङले जनही ४ हजार नौ सय ५० रुपैंया र भवानी कट्टेलबाट २ हजार नौ सय ५० रुपैंया गरि जम्मा १६ जनाबाट एक लाख १३ हजार रुपैंया संकलन भएको अभियान्ता विक्रम बोहोराले जानकारी दिए ।अन्य क्षेत्रबाट पनि बजेटको श्रोत जुटाई आकर्षक संरचना र पारदर्शी ढंगबाट समितिद्धारा चाँडै निर्माण सम्पन्न गरियोस् भन्ने सहयोगी युवाहरुको अपेक्षा रहेको उनले बताए ।

हस्तान्तरण कार्यक्रम निर्माण समिति अध्यक्ष खगीमाया भट्टराईको अध्यक्षतामा वडा नं १ महिला सदस्य लक्ष्मीमाया राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अतिथि राईले गाँउसभा पछि वडाबाट आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट मन्दिरको लागि केही रकम विनियोजन गरिने आश्वसन दिइन् । १५ लाख रुपैंया भन्दा बढी रकममा मात्रै काम सम्पन्न हुने भएकाले प्रदेश सरकारमा समेत मन्दिर निर्माणको लागि आर्थिक सहयोग माग गरेको भएता पनि कुनै जानकारी नपाइएको र इच्छुक महानुभावहरुमा सहयोगको आग्रह गरिएको समितिले जनाएको छ ।

८० वर्ष माथिका जेष्ठ नागरिक,समितिका पदाधिकारी,आजीवन सदस्य,संघसंस्थाका प्रतिनिधि,बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सल्लाहकार समिति सदस्य खगेन्द्र भट्टराई लगायत समिति र उपस्थित महानुभावहरुले वैदेशिक रोजगारीमा दुःख गरेर स्थानीय ठाँउको मन्दिर निर्माणलाई आर्थिक सहयोग उपलब्ध गराएकोमा उनीहरुलाई स–धन्यवाद सहित आजीवन सदस्य सहित सम्मान गरिने बताए । समिति सदस्य हर्कमाया तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव इन्द्रकमल तामाङले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here