वीएण्डसीमा उपचाररत आङ्देम्वेलाई प्रवासी नेपालीद्वारा सहयोग

0
907

झापा, सवारी दुर्घटनामा परी घाइते भएका एक व्यक्तिलाई तीन लाख ५५ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका – ७ आङ्सराङ्ग निवासी प्रतिक आङ्देम्वेलाई उपचारका लागि आर्थिक सहयोग गरिएको हो । फाल्गुनन्द एकता समाज मलेसियाको पहलमा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत आङ्देम्वेलाई आर्थिक सहयोग गरिएको हो ।


पाँचथरबाट झापा आउने क्रममा केही महिना अघि उनी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेलाई शुक्रवार अस्पतालमा नै पुगेर नगद प्रदान गरिएको वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनवहादुर पङ्धाकले जानकारी दिनुभयो ।
आङ्देम्वेको उपचारका लागि साउदी अरववाट प्रकाश चेम्जोङ र मन कुमारी साम्पाङ राईले समेत रकम प्रदान गरेको बताइनछ । फाल्गुनन्द एकता समाज मलेशियाका सस्थापक संरक्षक तथा मलेशियाका सफल ब्यबसायी कृष्ण बहादुर आङ्देम्बे, संयोजक सन्तोष रिजाल, लक्षमण आङ्देम्बे, मिक्साहा चेम्जोङ,अमृत थापा, प्रेम पाण्डे, बुद्धि आङ्देम्बे,कैलाश आङ्देम्बे, जगत आङ्देम्बे, गोपाल चेम्जोङ, सन्तकुमार सावा, लक्ष्मी माङ चेम्जोङ,सन्त आङ्देम्बे लगायतको सक्रियतामा रकम जुटाएको बताइएको छ ।


अस्पतालमा उपचाररत रहेका आङ्देम्वेलाई समाजसेवी  तथा  संघीय लिम्वुवान मञ्चका केन्द्रीय सचिव लाभाहाङ चेम्जोङ,र मञ्चका जिल्ला अध्यक्ष धनवहादुर पङ्धाकले रकम प्रदान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here