नेपाल बंगलादेश बैंकको शाखा विर्तामोडमा पनि

0
532

सुरेन्द्र भण्डारी
20131031_104318
 बिर्तामोड, कात्तिक १४ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २३ औं शाखा झापाको विर्तामोडमा स्थापना गरेको छ ।
२०५१ साल जेष्ठ २३ गतेवाट सेवा प्रारम्भ गरेको वैंकको शाखा कार्यालय उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका थिए । इन्द्रवहादुर थपाको सभापतित्वमा आयोजित समारोहका वीच सो शाखाको उद्घाटन गरिएको थियो । शाखा कार्यालय उद्घाटनसंगै वैंकका संचालक न्यौपानेले वैंकले गतवर्ष खुद नाफा ७७.८६ करोड गरेको जनाएका थिए । स्थानीय पूँजी परिचालन गरी स्थानीय स्तरमै लगानी गर्ने उदेश्यका साथ वंैकको शाखा स्थापना गरिएको र केही महिनापछि वंैकको नामसमेत परिर्वतन गरिने वताएका थिए ।  कार्यक्रममा वंैकको कारोवार दश खर्व ४० अर्व वढी रहेको र सात खर्व ७० अर्व रुपैँया लगानीमा रहेको  जानकारी गराइएको थियो । सुष्मा पन्तले संचालन गरेको कार्यक्रममा झापा उद्योग वाणिज्यसंघ शाखा विर्तामोडका अध्यक्ष वलराम कार्की, वीएएनसी मेडिकल कलेजका प्रवन्ध निर्देशक दुर्गा प्रसाई, वंैकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, लगायतले वोलेका थिए ।
वैंकले यसअघि २२ औं शाखा  भोजपुरमा वुधवार स्थापना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here