कावेली सिमेन्ट उद्योगमा आगलागी

0
559

झापा, सञ्चालनमा आएको एक सातामै कावेली सिमेन्ट उद्योगमा गए राती आगलागी भएको छ ।

हल्दिवारी– ३ झापामा सो उद्योग एक साता अघि मात्रै उद्घाटन भएको थियो । सिमेन्ट उधोगमको पावर हाउसमा रातको २ बजे तिर आगलागी हुँदा २ करोड भन्दा बढीको नोक्सानी भएको उद्योगका प्रबन्ध निर्देशक सुमन मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार राती २ बजेतिर परेको ठुलो चट्याङका कारणले आगलागी भएको हुनसक्छ । आगो लागेको थाहा पाउन साथ स्थानीय र भद्रपुर तथा बिर्तामोडबाट आएका २ वटा वारुणयन्त्रले सम्भावित ठुलो नोक्सानी हुनबाट जोगाएका छन् ।युवा व्यवसायीहरूको करिब ६० करोडको लगानीमा गत सातादेखि उत्पादन सुरु गरेको उद्योगलाई पुनः सञ्चालनमा ल्याउन दुई साता बढी लाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here