४१ जनामा मोतिया विन्दु

0
478

चकचकी,मंसीर १३ । नेपाल रेडक्रश सोसाइटी उपशाखा चकचकीको आयोजना र मेची आँखा अस्पताल अनारमनीको प्रविधिक सहयोगमा झापाको चकचकीमा आज एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल रेडक्रश सोसाइटी झापाका कोषाध्यक्ष ओमप्रकाश गौतमको प्रमुख आतिथ्यता र नेरेसो चकचकीका उपसभापति गंगा सुढीको अध्यक्षतामा उपस्वास्थ्य चौकी चकचकीको प्रङ्गणमा आयोजित कार्यक्रमका वीच दुईसय ६१ जनाको आँखा जाँच गरिएको थियो । मेची आँखा अस्पतालका मेमलाल राजवंशी सहितको डा.को टोलीले आँखा जाँच गरेको र ४१ जनामा मोतिया विन्दु पाइएकाले उपचारका लागि मेची आँखा अस्पताल वोलाइएको वताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here