नारी चेतना समूहले ढाकाको कपडा बुन्ने कार्यक्रमलाई निरन्तरता दिने

0
1343

अमित खम्बू/अर्जुनधारा ।

स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गरी उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्धेश्यले झापाको अर्जुनधारा–८स्थित नारी चेतना समूहले अघिल्लो आर्थिक वर्षदेखि सुरु गरेको ढाकाको कपडा बुन्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आर्थिक वर्ष ०७५÷०७६मा अर्जुनधारा–८ वडा समितिको दुई लाख र स्थानीय सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको एक लाखसहीत जम्मा तीन लाख रुपैयाँको लागतमा २२ जना महिलालाई सहभागी गराई आधारभूत तालिम सम्पन्न गरेको समूहले उक्त कार्यक्रमलाई निरन्तरता दिने समूहको आइतबार सम्पन्न पाँचौं साधारण सभामा प्रस्तुत भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी ०७६÷०७७मा पुनः वडा समितिको दुई लाख र ढाकाको कपडा बिक्रीबाट प्राप्त एक लाखसहीत जम्मा तीन लाखको लागतमा एडभान्स तालिम सम्पन्न गरेको समूहले ढाका कपडाको उत्पादन र बजारीकरणमा जोड दिँदै आगामी दिनमा ढाका कपडाको उद्योग स्थापना गर्ने लक्ष्य लिएको समूहकी संस्थापक अध्यक्ष पम्फा विश्वकर्माले बताइन् ।

उद्योग स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग पहल गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिइन् । हाल १० जना महिलाले प्रत्यक्ष रोजगारी पाइरहेको समूहले ढाकाको थान कपडा, साडी, बर्की, हाफ सल, मखलर, टोपी, खदा, रुमाल आदि बनाई बिक्री गर्ने गरेको पाइन्छ ।

जसअनुसार थान कपडाको प्रति मिटर एक हजार रुपैयाँ, साडीको चार हजार पाँच सय देखि ११ हजार रुपैयाँसम्म, बर्कीको एक हजार दुई सय देखि एक हजार आठ सय रुपैयाँसम्म, टोपीको पाँच सय देखि एक हजार दुई सय रुपैयाँसम्म, हाफ सलको आठ सय रुपैयाँ, मखलरको पाँच सय रुपैयाँ, खदाको तीन सय रुपैयाँ, रुमालको एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

समूहले स्थापना गर्ने उद्योगमा हाल रहेको १० वटा तान संख्यामा वृद्धी गरी तीन सय वटा पु¥याउने र प्रत्यक्षरुपमा तीन सय जना महिलालाई रोजगारी प्रदान गर्ने लक्ष्य समूहको रहेको छ । २०६६ सालमा स्थापना भएको समूहले त्यस अघि पटक–पटक ढाकाको कपडा बुन्ने कार्यक्रम सञ्चालन गर्न प्रस्तवा पेश गरेकोमा समूहको उद्धेश्य स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आएपछी मात्र पूरा भएको पूर्व अध्यक्ष मिश्राकुमारी राईले बताइन् ।

यसैबीच सोही दिन सम्पन्न सभाले आगामी तीन वर्षे कार्यकालको लागि पुनः पम्फा विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिकी सदस्य सरस्वती सिटौला गोलेले जानकारी दिइन् ।

नवगगित समितिको उपाध्यक्षमा डम्बरकुमारी सत्याल, सचिवमा पूर्णिमा सिटौला, सहसचिवमा निर्मला राई र कोषाध्यक्षमा वीना ताम्राकार चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा भद्रा गिरी, रीता विश्वकर्मा, ललीता कुर्मी, सञ्चिता चौधरी, सुकमती राजवंशी र सुनिता खरेल चयन भएका छन् ।

समूहकी अध्यक्ष मिश्राकुमारी राईको अध्यक्षता र वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खड्गमाया पौड्यालीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here