आफ्नै कारणले हार भएको माओवादीको निष्कर्ष

0
373

web-tauko
दमक,मंसीर १६ । अघिल्लो संबिधानसभा निर्वाचनमा कोचिला राज्यका अधिकाशं क्षेत्रमा पकड राखेको एकीकृत नेकपा माओबादीको कोचिला राज्य समितिले यसपटकको लज्जास्पद हार आफ्नै कारणले भएको निष्कर्ष निकालेको छ ।
पार्टीको आन्तरिक कारण र संगठनीक कमजोरीका कारण अहिलेको अवस्थामा पुगेको भन्दै यस बिषयमा समेत गम्भीर समिक्षा हुनु पर्ने बैठकमा सहभागिहरुले माग राखेको सम्बद्ध श्रोतले बतायो ।

झापाको दमकमा भएको कोचिला राज्य समितिको समिक्षा बैठकले यस्तो निष्कर्ष निकालेको जनाईएको छ । दास्रो संबिधानसभा निर्वाचनको मत परिणाम तथा सार्वजनिक भएको जनादेशलाई स्वीकार गर्ने निर्णय गर्दै बिभिन्न क्षेत्रहरुमा धाधली भएकाले निष्पक्ष छानबिनको माग गर्ने समेत माग उठेको जनाईएको छ ।
प्रतेक जिल्लाले आफ्नो प्रतिबेदन तयार पारेर अर्को बैठकमा राख्ने र त्यसबाट निष्केको निष्कर्ष पार्टीको केन्द्रीय समितिमा छलफल हुने तय भएको बैठक पछि माओबादी श्रोतले जानकारी दिएको छ । सबै क्षेत्रमा धाधली नभएको भन्दै धाधली भएको क्षेत्रको पहिचानका लागि बुथमा खटिएका पार्टीका जिम्मेवार कार्यकर्ताहरुलाई समेत आफ्नो प्रतिबेदन माग गर्ने निर्णय भएको पनि बताईएको छ ।

कोचिला राज्य समितिका इन्चार्ज तथा एकीकृत नेकपा माओबादीका नेता गोपाल किरातीको अध्यक्षतमा भएको बैठकले संगठन बिस्तारमा कमजोरी भएको र बिभिन्न तहगत कमिटीहरुले गलत रिर्पोटिङ गरेका कारण यो हार भएको समेत निष्कर्ष निकालेको बैठकमा सहभागि एक सदस्यले बताउनु भयो । गाँउ तथा टोल स्तरबाट भएको रिपोर्टिङलाई ‘क्रसचेक’ नगरिएको र चुनावको केही दिन अघि मात्र कार्यकर्ताहरुसम्म पुगेकाले यो अवस्था आएको बैठक सहभागिहरुले बताएको जनाईएको छ । कोचिला राज्य समितिका सदस्य सन्त किरातीले समिक्षा बैठक बसेको र ठोस केही निर्णय नभएको बताउनु भयो । किराती उठेको झापाको क्षेत्र नं. ७ मा चौधो हुनुको कारणको बिषयमा समेत गम्भिर समिक्षा भएको सम्बद्ध श्रोतले बताएको छ । कोचिला राज्यमा किराती अर्का नेता बर्षमान पुनको हारलाई गम्भिरताका साथ लिएर छलफल गरिएको छलफलमा सहभागि एक सदस्यले जानकारी दिनु भयो  । माओबादीको कोचिला राज्य अन्र्तगत झापामा ७ वटा, मोरङमा ९ वटा र सुनसरी जिल्लामा ६ गरी २२ वटा क्षेत्र रहेकामा मोरङको क्षेत्र नं. ४ बाहेक अन्य एउटा क्षेत्रमा पनि बिजय हासिल गर्न सकेन । मोरङको क्षेत्र नं. ४ मा शिवकुमार मण्डलले बिजय हासिल गर्नु भएको छ । अघिल्लो पटक १४ वटा क्षेत्रमा माओबादीले
जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here