विराटनगर ।
संखुवासभाको चैनपुर–४ का ७६ बर्षीय बुद्धीबहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ ।
चैनपुर बतासेबाट घर तर्फ आउँदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यता मोरङ जहदा–१ का १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।