हुण्डाईको ‘नयाँ क्रेटा-दि अल्टिमेट एसयूभि नेपाली बजारमा

0
637

काठमाडौं ।

नेपालका लागि हुण्डाई मोर्टसका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रतिक्षारत हुण्डाईको ‘नयाँ क्रेटा-दि अल्टिमेट एस.यू.भि’ नेपाली बजारमा सार्वजनिक गरेको छ । सोमबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।

नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, ‘वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा( दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।’

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एसयूभिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एसयूभि भई ‘दि अल्टिमेट एसयूभि’ बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस.यू.भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो ।

हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषासँगै, एसयूभिको अगाडीको भागमा तीन डाईमेन्सनल क्यासकेडीङ ग्रि ठाडो र तेर्सो आकार र बम्परको साथमा स्कीड प्लेट लगाइएको छ । विशिष्ट रुपमा छुट्टिएको बुमर्याङ आकारको एजईडी डीआरएलसहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फग ल्याम्पका साथै वेलकम फंक्सनसँगै अटो अनफोल्ड ओआरभीएम र पडल ल्याम्पले एसयुभिलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ ।

नयाँ क्रेटामा अल-न्यू-टु टोन कालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६ दशमलव ०३ से.मि को एचडी इन्फोटैन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्टेरिङको साथै माउन्टेड कन्ट्रोल रहेको छ । नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १.५ लिटर पेट्रोल र १.५ लिटर भि.जि.टी डिजेल इन्जिन ।

ट्रान्समिसनको अप्सनमा सीक्स स्पीड रहेको छ जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ, साथै अप्स्नल १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १.५ पेट्रोल मोटरको लागि आईभीटी अटोमेटिक रहेको छ । नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध रहेको छ । कम्पनीले यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ । गाडीको क्षमताअनुसार मूल्य ५४ लाख ९६ हजारसम्म पुग्ने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here