पूूर्वी नाकाबाट प्याजको आयात एकसातादेखि शून्य,चाडवपर्वका बखत प्याजको अभाव हुने सम्भावना

0
856

लक्ष्मी उप्रेती/काँकरभिट्टा, 

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै पूूर्वी काँकरभिट्टानाकाबाट प्याजको आयात एकसातादेखि शुन्य छ । भारतमा हरेक वर्ष भदौ र असोज महिनामा प्याजको अभाव हुने गरेको छ । भारतले यस वर्ष पनि प्याजको निर्यातमा रोक लगाएको छ ।

भारतको प्याज निर्यात प्रतिबन्धसँगै नेपाल आयात हुने प्याज केहीसातादेखि शुन्य रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका प्राविधिक सहायक चन्देश्वर ठाकुरका अनुसार शुरु शुरुमा दैनिक १ देखि ३ वटा प्याज बोकेका गाडी आउने भएपनि एकसातासम्म एक गाडी पनि प्याज आयात भएको छैन् ।

गत आर्थिक वर्ष २०७६÷७७ मा काँकरभिट्टा नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको थियो । भारत वाणिज्य तथा उद्योग मन्त्रालयले भदौ २९ मा निर्यात नीतिमा संशोधन गदैं तत्काल लागू हुने गरी सवै खाले प्याजको निकासीमा रोक लगाउने निर्णय गरेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि चाडपर्वका बखत प्याजको अभाव तथा भाउ बढ्ने व्यवसायीहरु बताउछन् ।

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै मेचीनगरमा प्याजको कालोबजारी हुन नदिन नगरपालिकाले छड्के अनुगमन गर्ने नगरउपप्रमुख तथा अनुगमन टोलीका संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । उहाँले बजार अनुगमनलाई तीव्र पार्ने अनुगमनका क्रममा प्याजको कालोबजारी गरेको पाइएमा त्यस्ता पसलमा सील गर्दै व्यवसायीलाई पक्राउ गरी आवश्यक कारवाही गर्ने बताउनुभयो ।

‘भारतबाट प्याज आउन बन्द भएपछि व्यपारीले बजारमा कृत्रिम अभाव देखाएर मूल्य बढाएर उपभोक्तालाई महँगो दाममा बेच्न हुन कि भन्न कुरामा नगरपालिका बेलैमा चनाखो ’ उपप्रमुख उप्रेतीले भन्नुभयो— ‘ यसका लििग हामीले बजार अनुगमनलाई तीव्र बनाउने छौ । अनुगमनका क्रममा कुनै व्यवसायीले कानुन विपरीत काम गरे कानुन बमोजिम कारवाही गर्ने छौ । ’

बजारमा प्याज अभाव र मूलय बृद्घि भइरहँदा स्थानीय सरकारले यसबाट उत्पन्न समस्याको समाधान बेलैमा खोज्ने उपप्रमुख उप्रेतीको भनाई छ । नगरमा प्याजको कालोबजारी शुरु हुन नदिनकै लागि स्थानीय प्रशासनले समेत बजार अनुगमनलाई तीव्र पार्ने जनाइएको छ । चाडपर्व नजिकिँदै गएका बेला बजारमा प्याज अभाव र मूल्य बृद्घि सर्वसाधारणलाई नकरात्मक प्रभाव त पार्छ नै यसका लागि बेलैमा सम्बन्धित निकायले कदम चाल्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here