मौरी किसानको ध्यान प्रशिक्षकले यसरी ताने

0
607

विनोद सापकोटा / झिलझिले ।

‘मह धेरैलाई मन पर्ने चीज हो । मह भन्ने बित्तिकै धेरैको मुखमा पानी पनि आउँछ । मह खाँदा मिठो हुने मात्र होइन स्वास्थ्यको लागि पनि फाइदाजनक छ । यसमा प्रशस्त कार्बोहाइड्रेड, भिटामिन बी, सी, म्याग्नेसियम, आइरन, सोडियम , क्याल्सियम लगायतका तत्वहरु पाइन्छ ।’ मौरीबाट उत्पादन हुने महका बारेमा विज्ञले कार्यक्रमको सुरुमै यसरी बताएपछि कार्यक्रममा सहभागी सबैको ध्यान एकैतिर मोडिएको थियो ।

शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा पार्ने प्रभाव विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै विज्ञले मौरी एक, यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव अनेकका बारेमा सर्वसाधरण देखी नगरका जनप्रतिनिधि समेतलाई जानकारी गराएका थिए ।

‘स्वास्थ्यका लागि फाइदाजनक मानिने महले हाम्रो शरिरमा उत्पन्न हुने बिभिन्न रोगबाट पनि बचाउछ । यसको नियमित सेवन गरेमा ज्वरो, क्यान्सर, मुटु रोग र अल्सर लगायतबाट बचाउँछ । मह सेवनले खोकी पनि ठिक गर्छ,’ मौरी विज्ञ खगेन्द्र तिम्सीनाले बताए ।

शरिरलाई फिट राखिराख्न महको नियमित सेवन गर्नु राम्रो मानिने विज्ञ बताउछन् । सेवनले पाचन प्रक्रियालाई सजिलो बनाउछ । छालामा कुनै किसिमको दाग छ भने नियमित रूपमा कागती र मह मिसाएर लगाउने छालाको दाग हराउने गरेको मौरीविज्ञ तिम्सीनाले बताएका छन् ।

‘मौरीको महले आगोले पोलेको ठाँउमा लगायो भने चाँडै निको हुन्छ,’ तिम्सीनाले भने । महको नियमित सेवनले रुघाखोकीको समस्या छ भने कागतीको रसमा मह मिसाएर खाएमा रुघा च्वाट्टै उनले बताए । हिंउदे याममा मह उत्पादनका दृष्टिकोणले किसानले अवसर र चुनौती दुवै रुपमा लिने गरेका छन् । यो समयमा तोरीको खेती हुने भएकाले मह उत्पादन बढी हुन्छ भने जाडोका कारण मौरीलाई बचाउन उत्तिकै कठिन हुने अर्का विज्ञ जीवन बुढाथोकीले बताए ।

महको महत्व बढ्दै गएपछि झापाका किसानहरु मौरीपालनप्रति आकर्षित हुँदै गएका छन् । तर, जिल्लामा मौरीपालनको राम्रो संभावना देखिए पनि चरन क्षेत्रको अभाव दिनप्रतिदिन बढ्दै जानु विडम्बना भएको मौरी पाल्ने किसानले बताएका छन् ।

शिवसताक्षीमामात्र ०७५/०७६मा ६७ टन मह उत्पादन भएको सतासी महिला मौरीपालन सहकारी संस्थाकी अध्यक्ष धनमाया थापाले बताइन् । उनका अनुसार प्रति केजी थोक मुल्य ५ सय ६० मा बिक्री हुँदा ३ करोड ७५ लाख २० हजार मूल्य बराबरको मह उत्पादन भएको हो । ०७६÷०७७ मा मह उत्पादनमा भारी गिरावट आएको उनले बताइन । अध्यक्ष थापाका अनुसार ३७ टन मात्र मह उत्पादन भएको हो । शिवसताक्षीमा मात्र ३ सय २० जना किसानले मौरीको व्यवसायीक खेती गर्दे आएको सतासी महिला मौरीपालन सहकारी संस्थाले जनाएको छ ।

चरण क्षेत्र अभावले यस क्षेत्रका अधिकांश मौरीपालक किसानले असारदेखि मंसिरसम्म मौरी चराउन झापा सहित मोरङ्ग, सुनसरी, सप्तरी हुर्दै चितवन सम्म लैजानुपर्ने बाध्यता छ । त्यसो त खेतीयोग्य जमिनको खण्डीकरणले अचेल तोरी बाली लगाउने क्रम पनि घट्दै गएको छ । यसले हिउँदमा समेत झापाका किसानलाई चरन क्षेत्रको अभाव हुने गरेको छ । जस्का कारण अन्तरजिल्लामा मौरी चराउन लैजानुको विकल्प किसानलाई छैन । किसानका अनुसार चरन क्षेत्र नहुँदा किसानको मह उत्पादन लागत पनि अस्वभाविक रुपमा बढेको छ । चरन क्षेत्रको विकासका लागि फूलबारी बढाउनु साथै फूल फुल्ने खेतीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने किसानको भनाई छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपप्रमुख भोजकुमारी नेपाल, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, ९ नम्बर वडाका अध्यक्ष छविलाल पाठक, वडा नम्बर ४ का अध्यक्ष अधिकचन ताजपुरिया र प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईको सहभागिता रहेको थियो ।

सतासी महिला मौरी पालन सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रमको संचालन फुलकुमारी चौधरीले गरेकी थिइन भने अध्यक्ष धनमाया थापाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here