काँचो किवी बजारमा आउन थालेपछि अनुमगन

0
520

इलाम,

बजारमा पाक्दै नपाकेको काँचो किवी आउन थालेपछि त्यसलाई न्यूनिकरण गर्नको लागि इलाममा बजार अनुगमन शुरु गरिएको छ ।

किवी पाक्ने अर्थात फल टिप्ने समय अगावै बजारमा आएको किवीहरु अमिलो हुने र त्यसलाई जति गुम्स्याए पनि नपाक्ने गरेको कारण उपभोक्ताहरुबाट गुनासो आउन थाले पछि सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद ढुंगानाको नेतृत्वमा इलामको राँके र नेपालटार बजारमा शनिबार अनुमन गरिएको हो ।

प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत किवी जोन, कृषि ज्ञान केन्द्र इलाम, धरेलु तथा उद्योग कार्यालय इलाम तथा नेपाल पत्रकार महासंघको प्रतिनिधिहरुको टोली अनुगमन गरी परिक्षण गर्दा किवी खान योग्य नभएको पाईएको छ ।

किवी जोनका गंगा विष्टका अनुसार यस समय रातो किवी मात्र पाक्ने सिजन भएको र त्यो किवी मात्र खान योग्य हुने र गुदी हरियो हुने किवी टिप्ने समय हुन अझै ४५ दिन जति लाग्ने छ । शनिबार परिक्षण गरिएको किवीको गुलियोपना ७ देखि ८ ब्रिक्स (गुलियोपना नाप्ने ईकाइ) रहेको पाईएको छ ।

तर, किवीमा १२ ब्रिक्स गुलियोपना आएपछि मात्र टिप्न योग्य हुनेछ । यता कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देबा किसान, व्यापारी र उपभोक्ताहरुलाई यस फलको सेवन गर्ने समय र तौर तरिका बारे जानकारी दिनु अझ उत्तम हुने बताउछन् । साथै नेपालटारमा गरिएको बजार अनुगमनमा म्याद गुज्रिएको कोकाकोला, स्प्राइट र भुजिया पनि नष्ट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here