पूर्वाञ्चलकर्मी लक्ष्मी उप्रेती प्रेस क्लब मेचीनगरको अध्यक्षमा चयन

१० आश्विन २०७७, शनिबार मा प्रकाशित

झापा ।

पूर्वाञ्चलकर्मी लक्ष्मी उप्रेती प्रेस क्लब मेचीनगरको अध्यक्षमा चयन हुनु भएको छ ।

क्लबको शनिबार कांकरभिट्टामा सम्पन्न अधिवेशनले उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शिशिर चम्लागाइँ, सचिवमा जि आर धिताल, कोषाध्यक्षमा रिता दाहाल र सहसचिवमा भुमिका लिम्बु फ्याक चयन हुनु भएको निर्वाचन समितिका संयोजक सन्तोस आचार्यले बताउनुभयो ।

समितिको सदस्यहरुमा प्रकाश पौडेल, बिकास देवकोटा, युवराज आचार्य, किशोर उपरकोटी, खगेन्द्र घिमिरे, हेमन्त निरौला, माया लामिछाने, हरिकृष्ण भण्डारी, दिलिप थापा र उमेश खतिवडा चयन हुनु भएको छ ।

मेचीनगरलाई कार्यक्षेत्र बनाएर दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहनु भएका पत्रकार जि एन शर्मालाई १११११।– राशीको मेचीनगर पत्रकारिता पुरस्कार र नवोदित पत्रकार खगेन्द्र घिमिरेलाई ५५५५।– राशीको मेचीनगर प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

अधिवेशनका प्रमुख अतिथि प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले दुवै पुरस्कृत पत्रकारहरुलाई सम्मान पत्र र नगद हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here