इन्स्पेक्टर हुँ’ भन्दै धम्क्याउने पक्राउ

0
1294

झापा ।

झापामा ‘इन्स्पेक्टर हुँ’ भन्दै धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका–५ बस्ने ५८ वर्षीय इन्द्रप्रसाद थापा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार कमल गाउँपालिकाका विभिन्न होटेलमा आफू इन्स्पेक्टर भएको परिचय दिँदै मदिराजन्य पदार्थ र मासुका परिकार खाएर पैसा नतिरी हिँड्ने गरेको होटेल सञ्चालकहरूले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी बिजयराज पण्डितले जानकारी दिए ।

पक्राउ परेका उनलाई दमकमा राखिएको र यस विषयमा थप थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here