झापामा सशस्त्र प्रहरी वलका १८ वटा वोर्डर आउटपोष्ट

१२ आश्विन २०७७, सोमबार मा प्रकाशित

झापा,

सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापामा निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले भवनको उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले यो वर्ष झापामा नौ वटा वोर्डर आउटपोष्ट थप गर्न लागिएको बताउनुभयो । कोभिड १९ को बव्दो स.क्रमणका बीच पनि सशस्त्र प्रहरीले अहिले सीमा क्षेत्रमा प्रहरीले प्रभावकारी काम गरेको बताउनुभयो ।

वंशीराज दाहाल– सशस्त्र प्रहरी नायव महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालय

संघीय सरकारबाट आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को वजेटले महिला ब्यारेक ३१ लाख ८५ हजार १ सय २० रुपैयाँ, जवान व्यारेक ४० लाख २४ हजार ८ सय ८ रुपैयाँ र मेस ब्लक १९ लाख ७५ हजार १ सय ४२ हजार रुपैयाँमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार पाण्डेले बताउनुभयो ।

झापामा यो वर्ष कचनकवल ५ पाठामारी, भद्रपुर ५ भन्सार कार्यालय झापा गाउँपालिका ५ पन्थापाडा, मेचीनगर १ तिरिङ,गौरीगञ्ज २ आँपगाछी, भद्रपुर ३ महेसपुर, मेचीनगर ५ नकलबन्धा, मेचीनगर १५ ज्यामिरगढीमा बोर्डर आउटपोष्ट निर्माण हुन लागेका हुन् । यो संगै झापामा सशस्त्र प्रहरी वलका १८ वटा वोर्डर आउटपोष्ट हुने भएका छन् ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here