लक्ष्य फेरियो, राजश्व बृद्धि

0
790

लक्ष्मी उप्रेती/ मेचीनगर ।

 

चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो साउन महिनाको मासिक राजश्व असुलीको लक्ष्यमा फेरबदल गरे लगत्तै मेची भन्सार कार्यालय काँकरभिट्टाले लक्ष्यको तुलनामा १७ दशमलव ४६ प्रतिशत राजश्व बृद्घि गरेको छ ।

शुरुमा भन्सार विभागले साउन महिनामा ९३ करोड रुपैयाँ राजश्व असुलीको लक्ष्य दिएको थियो । तर, पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दैं त्यसलाई संशोधन गरेर ४३ करोड ४८ लाख ८९ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य दिएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार कार्यालयले साउन महिनामा कूल ५१ करोड आठ लाख ३५ हजार रुपैयाँ अर्थात् एक सय १७ दशमलव ४६ प्रतिशत राजश्व असुली गरेको छ । जुन लक्ष्यको तुलनामा १७ दशमलव ४६ प्रतिशत बृद्घि हो ।

उता भदौ महिनामा भने कार्यालयले लक्ष्य भेट्टाउन सकेन् । ८४ करोड ४९ लाख ६७ हजार रुपैयाँ मासिक लक्ष्य पाएको मेची भन्सार कार्यालयले ८१ करोड ४२ लाख ४३ हजार रुपैयाँ अर्थात् ९६ दशमलव ३६ प्रतिशत मात्र राजश्व संकलन गरेका छ । साउनको तुलनामा ३० करोडभन्दा बढी राजश्व संकलन भएको प्रमुख भन्सार ध्रुवराज विश्कर्माले जानकारी दिए । पछिल्लो समय लक्ष्यमा पनि बृद्घि भएकै कारण भदौ महिनामा लक्ष्य पूरा नगरेको भन्सार अधिकारीहरुको भनाइ छ ।

अहिले काँकरभिट्टानाका हँुदै पेट्रोलियम पदार्थ कोइला आयात हुन थालेपछि राजश्व समेत संकलन हुन थालेको छ । कार्यालयको मुख्यः राजश्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बंगलादेशबाट नेपाल आउने पेयपदार्थले धानेको छ ।

बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइला र पेट्रोलियम पदार्थ लगायतले कूल राजश्वको ४०÷४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।
यो नाका हँुदै खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्कर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टाइल, लुब्रिकेटिङ आयल, मोबिल, मोटरका ब्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युबहरु लगायत बिभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।

त्यस्तै मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुँगुर, बेतताड, प्लाइउड, क्राफ्ट पेपर लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकाशी हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here