‘घिबकप’ अर्जुनधाराको छैंटौं वार्षिकोत्सव सम्पन्न

0
487

अर्जुनधारा ।

घिमिरे बन्धु कल्याण परिषद् अर्जुनधारा नगर समितिको छैंटौं वार्षिकोत्सव सम्पन्न भएको छ ।

समितिका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेको अध्यक्षता र परिषद् झापाका वरिष्ठ उपाध्यक्ष काशीनाथ घिमिरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य लक्ष्मी घिमिरेले व्यक्त गरेकी थिइन् ।

कोभिड–१९का कारण सुरक्षाका मापदण्डहरु अपनाई सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष काशीनाथ घिमिरे, क्षेत्रीय सदस्य चन्द्रप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन सदस्य लक्ष्मी घिमिरेले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here