लागूऔषध खैरो हिरोईन ब्राउनसुगर झापामा दुई जना पक्राउ

0
422

झापा।

झापाको बिर्तामोडस्थित सैनिकमोडबाट लागूऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा झापाको कचनकवलका २२ बर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ बर्षीय नरबहादुर राजवंशी रहेका छन ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रण पश्चात चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here