डेढ अर्ब रुपैयाँको लगानीमा झापामा पाँच तारे होटल सञ्चालनमा

0
791

झापा,

कोरोना भाइरस संक्रमणको महामारीले होटेल व्यवसायीहरू पेशा नै छाड्ने अवस्था पुगेका बेला झापाको मेचीनगरमा पाँचतारे ९फाइभ स्टार० होटेल सञ्चालनमा आएको छ ।

मेचीनगर ८ स्थित धुलाबारीको निन्दा खोला नजिकै करिब डेढ अर्व लगानीमा सञ्चालनमा आएको ‘होटेल मेची क्राउन बाई द पीक’ को व्यवस्थापन पक्षले बुधवार साँझ पत्रकार सम्मेलन गर्दै पाँचतारे होटेल सञ्चालनमा आएको जानकारी गराए । झापामा सञ्चालनमा आएको ‘होटेल मेची क्राउन बाई द पीक’ पाँचतारे होटेल पहिलो हो ।

पूर्वी नाका काँकडभिट्टालाई लक्षित गरी सञ्चालनमा आएको पाँचतारे होटेल आठ बिघा क्षेत्रफलमा फैलिएको छ । फराकिलो बगैँचा ९पार्क० विशाल पानी फोहोरा, हावा घर, हेलीपेड, ५ सय भन्दा धेरै सवारी आँट्ने पार्किङ, स्विमिङ पुल आकर्षणको रुपमा रहेको होटेलका च्याइरमेन पवित्रा कुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार १ सय ५ वटा शयन कक्षहरू रहेको छ । जसमा ५ वटा मेची सुइट्स, १० वटा एगजुकेटिभ, १९ वटा मेची क्लब र ७१ वटा डिलक्स रुम छ । सम्पन्न वर्गलाई लक्षित गरेर सुरु गरिएको होटेलमा नेपाली ४० प्रतिशत र ६० प्रतिशत विदेशी सेवाग्राही आउने अनुमान गरिएको उनले बताए । विवाह, बैठक, सम्मेलन, सेमिनार जस्ता कार्यक्रमका लागि पनि होटेलमा सुविधा सम्पन्न हलहरू रहेको छ । यसमा दुई वटा रेस्टुरेन्ट रहेको होटेलका जर्नल मेनेजर नितेश पोखरेलले बताए । होटेल सञ्चालनमा आए पनि नेपालमै सबैभन्दा ठुलो क्यासिनोको रुपमा भेगास क्यासिनो चाँडै सञ्चालन आउने उनले बताए ।

क्यासिनो सञ्चालनमा आएपछि करिब ९ सय नेपालीहरूले प्रत्यक्ष रोजगार पाउने उनको भनाई छ । होटेलले विभिन्न अन्य सेवाहरूलाई पनि अघि सारेको छ । बेसक्याम्प, द मेचे बार, सगरमाथा बलरुम, कञ्चनजंगा हल, हाम्रो इस्थिइभा स्पा ९ मुख्य रहेको अर्को च्याइरमेन दीपक लेखकले बताए । होटेल मेची क्राउनलाई प्रदेश १ को पर्यटन हबको रुपमा विकास गर्ने उद्देश्यले खोलका छौ, च्याइरमेन पोखरेलले भने, ‘काँकडभिट्टा नाका र भद्रपुर विमानस्थलले यस होटेललाई सहयोग पुर्‍याउने छ । भारत, बंगालादेश र भुटानका पर्यटन भित्राउने मुख्य लक्ष्य हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here