क्षेत्रीय बतृत्वमा बीरता लेडी प्रथम

१५ आश्विन २०७७, बिहीबार मा प्रकाशित

झापा, क्षेत्र ‘क’ सम्मेलनको क्षेत्रीय वक्तृत्वकला प्रतियोगितामा बीरता लेडी जेसीजकी सेलिशा उप्रेतीले प्रथम स्थान हासिल गरेकी छिन् ।

नेपाल जेसीज नेपाल जेसीजको कार्यक्रम अन्तरगत, उर्लाबारी जेसीजको आतिथ्यमा असोज १३ गतेबाट शुरुवात भई सम्पन्न, क्षेत्र क सेमी सम्मेलनमा उप्रेती प्रथम भएकी हुन् ।

नेपाल जेसीज, वर्ष – २०२० का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरको वर्ष प्रकरण परिवार, साथी र भविष्य विषयक, वक्तृत्वकला प्रतियोगितामा सहभागी १५ जनालाई पछि पार्दै, बीरता लेडी, झापाकी सदस्य उप्रेतीले प्रथम स्थान हासिल गरेको बीरता लेडी जेसीजकी प्रेसिडेन्ट सुस्मा भण्डारीले जानकारी दिइन  ।
पर्वत जेसीज पूर्व अध्यक्ष तथा नेपाल पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अर्जुन चापागाईंको संयोजकत्वमा रहेको निर्णयक मण्डलबाट उक्त प्रतियोगितामा दुहबी जेसीजका सदस्य जेसी आशिष कोइरालाले द्वितीय स्थान र झुम्का जेसीज, वर्ष २०२० का उपाध्यक्ष जेसी दिपेश बराइलीले तेस्रो स्थान हासिल गरेका छन् ।


नेपाल जेसीज, वर्ष– २०२० का वर्ष९२०२० का क्षेत्र क निरुपित कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र ूकू सम्मेलन सभापति जेसीआई सिनेटर जेसी विजय गुरुङ्गको प्रमुख उपस्थितिमा सम्पन्न प्रतियोगिताको सहजीकरण, नेपाल जेसीज, वर्ष– २०२० का क्षेत्र क निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटाको रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here