पठनपाठनमा वैकल्पिक विधिको माग

0
560

सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिले विद्यार्थीको पठनपाठनमा वैकल्पिक विधिको व्यवस्था मिलाउन माग गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समितिले कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखासँग सिकाइ सहजीकरणमा वैकल्पिक विधिको माग गर्दै मागपत्र बुझाएको हो ।

कोभिड–१९ को कारण विगत ६ महिनादेखि विद्यार्थीहरुलाई कक्षा कोठामा राखी अध्ययन अध्यापन गराउन नसकिएको र विद्यार्थीको सिकाइ अवरुद्ध हुँदा बालबालिकाहरुमा आउने समस्याहरुलाई मध्यनजर गर्दै नवीन विधि प्रयोग गर्दै शिक्षण सिकाइ गर्न आवश्यक रहेकोमा मागपत्रमा जोड दिइएको थियो ।

संगठनका नगर अध्यक्ष हरिप्रसाद तिम्सिना र सचिव चन्द्रप्रसाद पोखरेलद्वारा हस्ताक्षरित मागपत्रमा नगर शिक्षाले शिक्षक परिचालनमा आवश्यक भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिइएको छ ।

संगठनले शिक्षकहरुको सहयोगमा कक्षा १ देखि १० सम्मका अभ्यास–पुस्तिका बनाई घरघरमै पुर्याई विद्यार्थीहरुलाई परामर्श तथा पठनपाठनमा सरिक गराउन सकिने विधि सुझाइएको छ । यसै विधिलाई मूल्याङ्कनको आधार बनाउन सकिने मागपत्रमा उल्लेख छ ।

कक्षा १०, ११ र १२ जस्ता माथिल्ला कक्षाहरुलाई सिकाइ सहजीकरण निर्देशिका– २०७७ अनुसार स्वास्थ्य मापदण्ड तथा भौतिक दूरी कायम गरेर विद्यालयले प्रत्यक्ष सिकाइ सहजीकरण गर्न नगर शिक्षाले समन्वय गर्ने र विद्यार्थीहरुको विद्यालयमा अनिवार्य नाम दर्ता गर्न नगर शिक्षाले सहयोग गर्नुपर्ने नेराशिसं नगर समितिको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here