उदयपुरमा कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु

0
467

उदयपुर।

उदयपुरको कटारी–८ स्थित सिद्धिचरण राजमार्गको दमारको भीरमा ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई ७ सय मिटर तल खसि दुर्घटना भएको छ ।

कन्टेनर दुर्घटना हुँदा कन्टेनर भित्र रहेका दुई जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मिन बहादुर मगर र अर्का तत्काल वतन नखुलेका राकेश कुमार यादव रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसै गरी कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र सह चालक सुनसरी बहारका विजय भुजेल घाईते भएका छन ।

घाईते उनीहरुको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here