टोलको सरसफाइ गरियो

0
400

बिर्तामोड।

वातावरण स्वच्छ र सफा राख्न सके विभिन्न रोगको संक्रमणबाट बच्न सकिने भन्दै कंचनजंघा परोपकार समाज बिर्तामोड ५ को आयोजनामा शनिबार सरसफाइ गरिएको छ ।

बिर्तामोड नगरपालिका, इलाका प्रहरी कार्यालय बिर्तामोड र टोल विकास संस्थाहरुको सहयोगमा इलाका प्रहरी कार्यालय अनारमनीदेखि न्यूटन्स् बोर्डिङसम्म सरसफाइ गरिएको हो ।

दशैको अवसर पारेर सो सरसफाइ गरिएको कंचनजंघा परोपकार समाजकी अध्यक्ष पार्वता बस्नेतले बताइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल, बिर्तामोड नगरपालिकाका नायव सुब्बा मेघराज बाँस्तोला, वीरता जेसीजका उपाध्यक्ष टीकाराम खतिवडा , टोल विकास सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

अबदेखि साप्ताहिक रुपमा सरसफाइ कार्यक्रम गरिने आयोजक संस्थाकी सचिव उमा मिश्रले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here