डाक्टर केसीले २८ ‍औं दिनमा अनशन तोडे, विकास नेपालीले जुस खुवाएर अनशन तोडाए

0
534

काठमाडौं,

चिकित्सा क्षेत्र सुधारको माग राखेर अनसनरत डाक्टर गोविन्द केसीले अनशन तोडेका छन्। गएराति आफ्नो मागमा सरकारले सहमति जनाएपछि उनले २८ औँ दिनमा आज अनसन तोडेका हुन्।

उनलाई त्रिवि शिक्षण अस्पतातका कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाए। उनी कोरोनालाई जितेका थिए। त्यसपछि उनलाई अस्पतालको आइसीयुमा लगिएको छ। सरकारी वार्ता टोली र डाक्टर केसीबीच गएराति ८ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो।

सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपिनाथ मैनाली र डा केसी स्वयमले हस्ताक्षर गरे। डाक्टर केसीले अनसन तोडेपछि केसीको समर्थनमा घोषणा गरिएका सम्पूर्ण विरोधका कार्यक्रम स्थगित भएका छन्।

डा. केसीका माग सम्बोधनका लागि भएको सहमतिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भौतिक पूर्वाधार र जनशक्तिको प्रबन्ध गरी आगामी शैक्षिक सत्रदेखि एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सुरु गर्ने उल्लेख छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा गेटा मेडिकल कलेज स्थापना गर्न कानुनी व्यवस्था गर्ने, प्रदेश २ को बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापना गर्न शिक्षा मन्त्रालयले बजेट व्यवस्था गर्ने सहमति तथा पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्न पूर्वाधार निर्माणलाई जोड दिइने उल्लेख छ।

यस्तै डोटी वा डडेलधुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र शिक्षा मन्त्रालयले प्रक्रिया अघि बढाउने लगायतका सहमति भएको छ ।

विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि कानुनी व्यवस्था गर्ने सहमतिसमेत भएको छ ।थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here