झापा ।

कोरोना भाइरसका कारण प्रदेश–१ मा आज एकैदिन दुई जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–८ की ६२ वर्षीय महिला र दुहबीका ६५ वर्षीय पुरुषको मृत्यु भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानमा उपचारत महिलामा फोक्सोको दीर्घ रोगी भएको प्रतिष्ठानले बताएको छ। ती महिलाको शनिबार राति ८ बजे मृत्यु भएको हो। ती महिलामा असोज २१ मा कोरोना पोजेटिभ भइ २२ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।
त्यसैगरी,दुहबीका ६५ वर्षीय पुरुषको आइतबार बिहान ३ बजेर ५० मिनेटमा मृत्यु भएको हो। उनी पनि प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत थिए। ती पुरुषामा निमोनिया र उच्च रक्तचापको समस्या थियो। असोज १५ मा कोरोना भइ कोभिड अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।
यो सँगै प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४९ पुगेको छ।






























