घाइते बस चालक खेमराजलाई साउदीका नेपालीको एकलाख बढी सहयोग

0
1044

झापा।

चाडपर्वमा कसको घरमा खुशीयाली नछाउला र । तर, झापाको बिर्तामोड–३ की यमकुमारी श्रेष्ठलाई भने चाडपर्व भन्ने वित्तिकै मन भत्भत्ति पोल्ने गर्छ । दुर्व अघि दशैंको फुलपातीकै दिन कान्छो छोरा दुर्घटनामा परेपछि उनलाई चाडपर्व खल्लो हुन थालेको हो ।

झापाबाट काठमाण्डौंका लागि छुटेको ना ५ ख ४६८८ नम्बरको बस मुङलिङमा रोकि राखेको ट्रकमा ठक्कर खाँदा आफु सक्क्त घाइते हुने पुगेको चालक खेमराज श्रेष्ठले बताए । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वसचालक श्रेष्ठ आर्थिक अभाव कै कारण उपचार गर्न नसकेर ओछ्यानमा थलिएका छन् । पूर्वाञ्चल दैनिक सहित विभिन्न सञ्चार माध्यमा श्रेष्ठको अवस्थाको विषयमा समाचार प्रकाशन भएपछि सहयोग गर्नेहरु बढ्दै गएका छन् ।

दुर्घटनामा परेर श्रेष्ठको गर्धनको हड्डी भाँचिएको र उपचारपछि गर्धनको हड्डी ठीक भएपनि हाल शरीरको कम्मरमुनीको भाग र हातखुट्टाका अम्लाहरु पनि चल्न छोडेको बसचालक श्रेष्ठका बुबा भक्तशेर श्रेष्ठले बताए । अहिले उनको शरीरमा विभिन्न किसिमका घाउ निस्किएर त्यसले दुःख दिएको भक्तशेरले बताए ।

बसचालक श्रेष्ठको उपचारका लागि हालसम्म १५ लाखभन्दा वढी रकम सकिएको बताउँदै भक्तशेरले बस कम्पनि र बीमाले केही रकम दिएपनि अरु रकम साथीभाइ र साहुसंग ऋण काढेर छोराको उपचार गर्दै आएको उनले वताए ।

छोराको उपचार गर्दागर्दै भएको सम्पति समेत सकिएको र छोराको उपचारमा सहयोग गर्न सवैलाई आग्रह गरे । वसचालक श्रेष्ठका एक जना छोरा युनिस श्रेष्ठ रहेको र उनी मनकामना सेकेण्डरी स्कूल बिर्तामोडमा कक्षा ८ मा अध्ययनरत् रहेका छन् । भक्तशेरलाई एकातिर घाइते छोराको उपचार कसरी गर्नु भन्ने चिन्ताले सताएको छ भने अर्कातिर नाती युनीसको पढाई खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।

वुढेशकालको सहारा बनेको छोराले आफूहरुलाई पाल्नुपर्ने बेलामा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएर आर्थिक अभाव कै कारण उपचार गर्न नसकेर ओछ्यानमा थलिएका कारण छोराको उपचारमा सहयोग गर्न सवैको साथ चाहिएको उनले बताए । उनले भने – मेरो छोराको जीवन तपाईंहरुको हातमा छ । तपाईंहरुले गरेको सानो सहयोगले मेरो छोराको जीवन वाँच्छ ।

यसैबीच झापा लक्ष्मीपुर घरभई हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबको सुल्तान ट्रान्फोट कम्पनीमा कार्यरत विशाल खड्काको अगुवाईमा संकलन गरिएको एक लाख १० हजार रुपैंया आइतबार हस्तान्तरण गरिएको छ ।
उक्त रकम विशालकी श्रीमती विष्णु खड्काले घाइते श्रेष्ठकी आमा यमकुमारीलाई हस्तान्तरण गरेकी हुन् । साउदी अरबको कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन गरेर पठाएको बताइएको छ ।

विशाल र घाइते श्रेष्ठ सहकर्मी रहेको र आफ्नो सहकर्मीलाई दुःख परेको बेलामा सहयोग गरेको बताइएको छ । त्यस्तै श्रेष्ठका सहकर्मी समेत रहेका स्थानीय राजु पौडेलले दुर्घटनामा परेर घाइते भएका श्रेष्ठलाई सहयोग गरेको र अरुलाई पनि सहयोग गर्न अपिल गरेको जानकारी दिए ।

यसअघि वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा कार्यरत बिर्तामोड –२ निवासी तारा चुडाल सेढाईंले १५ हजार रुपैंया सहयोग गरेकी थिइन् । उपचारमा सहयोग गर्न चाहनेले एनसीसी वैंक विर्तामोड शाखामा रहेको भक्तशेर श्रेष्ठको नाममा रहेको खाता नं.०१५००००६७९११० मा रकम जम्मा गरिदिनु हुन वा मोवाइल नं. ९८१५००४२५० मा सम्पर्क गर्नुहुन परिवारले सवैसंग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here