झापा ट्राफिक र बिर्तामोड प्रहरीद्धारा यात्रु सहायता कक्ष सञ्चालनमा

0
1227

झापा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा बिर्तामोड बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।चाड पर्वमा यात्रा गर्न यात्रुलाई असहज अवस्था नआओस् भन्ने उद्धेश्यले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको बताइएको छ ।

अर्जुनधारा–११ मा अवस्थित विर्तामोड बसपार्कमा दशै, तिहार तथा छठ पर्वको अवसरमा कोभिड–१९ को माहामारी फैलिरहेको अवस्थामा आम नागरिकहरुलाई सुरक्षित तथा सरल तबरले यात्रा गर्ने गराउने लक्ष्यका साथ यात्रु सहायता कक्षको स्थापना गरी उक्त कक्षको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रकाश जवेगूले जानकारी दिए ।

पूर्वकै ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडबाट देशका विभिन्न स्थानमा जानका लागि यात्रुहरुलाई सहजता होस्, कोरोना भाइरसको संक्रमण बढी रहेका बेला स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै यात्रुलाई सहजता मिलोस् भन्ने लक्ष्यका साथ यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

अर्जुनधारा–११ का वडाध्यक्ष भैरव खडकाको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवस्था कार्यालय विर्तामोडका कार्यालय प्रमुख कृष्णप्रसाद चापागाई, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख जवेगू लगायतले बोल्दै यात्रालाई सहज र सुखद् सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here